सरकार परिर्वतनको कुरा जनमतको अवमूल्यन : सांसद गिरी - News site from Nepal
सरकार परिर्वतनको कुरा जनमतको अवमूल्यन : सांसद गिरी

काठमाडौं – सरकार परिवर्तन गर्नु जनमतको अवमूल्यन हुने सासंद पदम गिरीले बताएका छन् ।
नेकपाका सांसद गिरीले वर्तमान सरकार परिर्वतन गरेर जनमतको अवमूल्यन गर्न नहुने बताएका छन् । संसदीय निर्वाचनमा प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई नै अघि सारेर नेकपाले बहुमत प्राप्त गरेको कारण सरकार परिर्वतनको बेमौसमी बाजा बजाउँदा जनताले दिएको मतको अवमूल्यन हुने उनले बताए ।

स्थिर सरकार र सम्बृद्धिका लागि नेपाल कम्युनिस्ट पार्टीले संसदीय निर्वाचनमा बहुमत प्राप्त गरेको भन्दै वर्तमान सरकारले संघीयतालाई संस्थागत गर्ने, कानून निर्माण गर्ने कार्यमा पूर्ण रुपमा सफलता प्राप्त गरेको समेत बताए ।

इतिहासमै पहिलो पल्ट उच्च आर्थिक वृद्धिदर कायम गर्न सफल सरकारको विरुद्धमा पार्टी भित्र र बाहिरबाट राजीनामाको माग आउनु आश्चर्यजनक रहेको सांसद गिरीले बताए ।

वर्तमान सरकार गठन भएपछि सार्क राष्ट्रका राष्ट्र प्रमुखहरुको नेपाल भ्रमण र अन्तर्राष्ट्रिय सम्बन्धमा आएको सुधारका कारणले कुटनीतिक रुपमा विश्व सामु नेपालको गरिमा बढाएको गिरीले दाबी गरे ।

सरकारले सार्क खेलको व्यवस्थापनमा देखाएको उच्च स्तरीय व्यवस्थापन नेपालकै लागि एतिहासिक रहेको गिरीको भनाई छ । ठूला विकास आयोजनाहरुको सुरुवात गर्दै वर्षौ देखि निर्माण सम्पन्न भएका आयोजनाहरु निर्माण सम्पन्न गरेर देशलाई विकासको गतिमा हिँडाउने काममा वर्तमान सरकार सफल भएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!