नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता - News site from Nepal
नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता

काठमाण्डौ – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेको र अशिले छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको थापाले बताउनुभयो ।

सत्तारुढ दल नेकपाभित्रको विवाद मिलाउने सकस बढ्दै गएको छ । नेताहरुबीच केही दिन देखि लगातार छलफल भइरहेपनि विवाद मिल्न सकेको छैन । नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफू निकट, तथा नेता माधवकुमार नेपाल पक्षसँग बेग्लाबेग्लै छलफल गरेपनि समाधान भने निस्कन नसकेको बताउनु भएको  छ।

प्रधानमन्त्री ओलीले केही दिन अघि पार्टीभित्र छलफल नगरि दुईवटा अध्यादेश ल्याएपछि नेकपाको आन्तरिक विवाद चुलिएको हो ।

थप छलफलका लागि आज सचिवालय बैठक बस्ने तयारी रहेको नेताहरुले बताए पनि समय तय भइसकेको छैन । सचिवालय बैठकले स्थायी समितिको बैठक बोलाउन सक्ने सम्भावना पनि छ ।

विवाद बढ्दै जाँदा थप छलफलका लागि स्थायी समितिको बैठक बोलाउन स्थायी समितिका सदस्यले अध्यक्ष ओलीसँग माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!