
पर्वत- भारत र नेपालमा लक डाउन भएपछि गाउँमा फर्केकालाई राख्नका लागि पर्वतको कुस्मामा क्वारेन्टाईन निर्माण गरिएको छ ।
बिदेशबाट घर फर्केकाहरुलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाईनमा राख्नुपर्ने भएकाले कुस्माको शिबालय माध्यामिक बिद्यालयमा क्वारेन्टाईन निर्माण गरिएको हो ।
तत्कालका लागि ५० जना राख्न सक्ने गरि क्वारेन्टाईन निर्माण गरिएको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताउनुभयो । क्वारेन्टाईन शुक्रबार देखि नै शुरु गरिने भएको छ ।
यसअघि पनि पर्वतमा चैत महिना यता विभिन्न मुलुबाट गाउँ फर्किएका दुई सय २० जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।
पालिकाहरुले उपलब्ध गराएको विवरण अनुसार सवै भन्दा धेरै ६५ जना व्यक्तिहरु बैदेशिक रोजगारीमा पुगेर चैत्र महिनामा गाउँ फर्किएको विवरण फलेवास नगरपालिकाले उपलब्ध गराएको छ भने विहादी गाउँपालिकामा ४५ जना, पैञ्यु गाउँपालिकामा ३५ जना, महाशिला गाउँपालिका १५ जना, जलजला गाउँपालिकामा ३२ जना र मोदी गाउँपालिकामा आठ जना व्यक्तिहरु रहेका छन भने कुश्मा नगरपालिकामा ३९ जना रहेका छन ।
क्वारेन्टाइनका लागि लाग्ने खर्च पर्वतका सबै स्थानिय तह संग सहकार्य गरिने उहाँले बताउनुभयो । आबश्यक परेको खण्डमा कुस्मा नगरपालिकाले नै ब्यबस्थापन गर्न पनि सक्ने उहाँले जानकारी दिनुभयो ।