पर्वत- पर्वतको महाशीला गाउँपालिका वडा नं. ४ पाखापानीमा नेकपा लगायतका दल परित्याग गरी एक दर्जन भन्दा बढि युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
आसन्न १४ औं महाधिवेशनलाई लक्षित गरी नेपाली काँग्रेसले संचालन गरेको जागरण अभियान अन्तर्गत पाखापानीमा सम्पन्न कार्यक्रममा उनिहरु नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा लक्ष्मण शाही, शेरबहादुर नेपाली र विमल विक लगायत एक दर्जन रहेको नेपाली काँग्रेस पाखापानीले जानकारी दिएको छ । पार्टी प्रवेश गर्नेहरुलाई नेपाली काँग्रेसका जिल्ला सचिश अशोक उच्चै ठकुरीले फुलमाला लगाएर स्वागत गर्नुभएको थियो ।
सो अवसरमा उहाँले क्रियाशिल सदस्यता वितरण समेत गरेको थियो । नेकपा ठुलो दल भएपनि कार्यकर्ताको भावना बुझ्न नसकेको भन्दै असन्तष्टी जनाएर नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
यसैबीच नेपाली काँग्रेस महाशीला गाउँपालिका वडा नं. ४ पाखापानीको वडा कार्यसमितिले जनप्रतिनिधि निर्वाचित भएपछि पाखापानीमा भएका गतिविधिवारे यथार्थ विवरण माग गरेको छ । आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष ०७५/७६ मा भएका विकास निर्माणमा के कति बजेट बिनीयोजन र खर्च भयो भन्ने वारेमा सार्वजनिक सुनुवाई गर्न समेत माग गरेको छ । भुकम्प पिडितको राहतको अवस्था, सडक, खानेपानी लगायतका विकास निर्माणको खर्चविवरण सार्वजनिक गर्न पनि काँग्रेस पाखापानीले माग गर्दै वडा अध्यक्षलाई पत्र बुझाएको हो ।






