पर्वत महोत्सवमा भलिवल प्रतियोगिता जारी आज तीनवटा खेल, दौडको उपाधि आशिषलाई - News site from Nepal

पर्वत– पर्वतको कुश्मामा भैरहेको पर्वत महोत्सवमा आयोजित भलिवल प्रतियोगितामा चार वटा समूहका बिच प्रतिस्पर्धा भएको छ । अन्तर नगर स्तरिय भलिवल प्रतियोगितामा आज फलेवास नगरपालिका र जलजला गाउँपालिका बिच भएको खेलमा जलजला गाउँपालिका बिजयी भएको छ । पैयुँ गाउँपालिका र जैमिनी नगरपालिका बिचको प्रतिस्पर्धामा जैमिनी नगरपालिका बिजयी भएको छ । आज गल्कोट नगरपालिका र कुश्मा नगरपालिका , विहादी गाउँपालिका र उद्योग वाणिज्य संघ र मोदी गाउँपालिका र कुशमा नगरपालिका बिच प्रतिस्पर्धा हुने भएको छ ।
५ किलोमिटर खुल्ला दौड प्रतियोगितामा आशिष कुँवर पहिलो, प्रताप लम्साल दोस्रो र अविनाश श्रेष्ठ तेस्रो भएका छन् । खुल्ला दौडमा १४ जना सहभागि भएको दौड संयोजक अर्जुन पौडेल निर्जनले जानकारी दिनुभयो ।  दौड प्रतियोगिताको कुशमा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले सिठी फुकेर उद्घाटन गर्नुभएको थियो ।


भलिबल खेल प्रतियोगिताको नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै जोशीले पर्वत महोत्सवले पर्वतको पहिचान बढाउने विश्वास व्यक्त गर्नुभयो ।
खेलको माध्यमबाट खेलाडीहरुलाई जिल्लाको गरिमा बढाउन र पर्वतको पहिचान राख्ने काममा लाग्न उहाँले सुझाव दिनुभयो । जोशीले पर्वतमा राम्रा राम्रा खेलाडी रहेको र खेलाडी लाई समाज र राष्ट्रले संरक्षण गर्न सक्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले जिल्लाको समृद्धि र पहिचानका जिल्लाभरिका सबैले खेलाडीलाई प्रोत्साहन गर्नुपर्छ भन्नुभयो । स्वास्थ्य शरिर र दिमागका लागि खेल महत्वपूर्ण हुने जोशीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!