
पर्वत– विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि पर्वतमा आज विहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको हो । मुलुकनै लक डाउन भएको बेला पर्वतमा सोमवार साँझ बसेको सुरक्षा समितिको वैठकले अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । अब कोहिपनि नागरिक अत्यावश्यक नभएसम्म घर वाहिर निस्कन पाउने छैनन् । सुरक्षा समितिले गरेका निर्णयहरु यसप्रकार रहेका छन् ।