पर्वतको देविस्थानमा नेकपा वडा कमिटिद्धारा अग्रजहरुलाई सम्मान - News site from Nepal
पर्वतको देविस्थानमा नेकपा वडा कमिटिद्धारा अग्रजहरुलाई सम्मान

 पर्वत-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फलेवास नगरपालिका ६ नं. वडा कमिटि, देविस्थानले पार्टीमा लामाे समयदेखि याेगदान गर्ने एकसय चाैधजना अग्रजहरुलाई सम्मान गरेकाे छ ।
सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री तथा नेकपा प्रदेश कमिटिका सदस्य विकास लम्साले फलेवास हिजाेदेखिकै शैक्षिक “हब” का रुपमा चिनिदै अाएकाेले हिजाेकाे विरासतलाई जाेगाउँदै त्यसलाई थप परिस्कृत बनाउँदै अगाडि बढ्न अाफू प्रतिबद्ध रहेकाे बताउनुभयाे ।
यस क्षेत्रकाे विकासका लागि अाफू तीस वर्षदेखि लागिपरेकाे बताउँदै चालू अवस्थामा रहेका याेजनाहरु कार्यान्वयन मात्रै हुँदा पनि यस क्षेत्रकाे विकासमा ठूलाे कायापलट हुने बताउनुभएकाे थियाे । नगरपालिका भित्र चालू अवस्थामा रहेका याेजनाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि गम्भीर भएर लाग्न स्थानीय तहका जनप्रतिनिधि र पार्टि पंक्तिलाई मन्त्री लम्सालले अाग्रह गर्नुभएकाे थियाे ।
एक फरक प्रसङ्गमा मन्त्री लम्सालले भन्नुभयाे- “म अहिलेसम्म कहिल्यै हारेकाे छ‌ैन र हार्न जानेकाे पनि छैन, अब म सँगै जनताकाे समृद्धिकाे यात्रालाई पनि जिताएरै छाड्छु, त्यसका लागि ढुक्क हुनुहाेस् ।” अाफू पहिलाे पटक चुनाव जित्ता यस क्षेत्रमा एक इन्च पनि कालाेपत्रे बाटाे थिएन, अहिले चारबटै स्थानीय तहका अधिकांश वडालाई समेट्ने गरि कालाेपत्रे बाटाेकाे लागि ठेक्का भइसकेकाे छ, अाफ्नाे कार्यकालभित्र अधिकांश वडाकाे केन्द्रसम्म पीच बाटाे पुर्याई छाड्ने प्रतिबद्धता मन्त्री लम्सालले व्यक्त गर्नुभएकाे थियाे ।


कार्यक्रमलाई सम्बाेधन गर्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने पार्टिकाे याेजनालाई सार्थकता प्रदान गर्ने लक्ष्यका साथ फलेवास नगरपालिकाले काम गरिरहेकाे बताउनुभएकाे थियाे । सम्बाेधनकै क्रममा मेयर शर्माले भन्नुभयाे- “फलेवास नगरपालिकाले एकीकृत याेजना बनाएर दीर्घकालीन विकासका लागि अगाडि बढेकाेले परिणाम देखिन केही ढीला भएपनि अाउने परिणाम सकरात्मक नै हुन्छ ढुक्क हुनुहाेस् ।” उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले नगरपालिका भित्र संचालनमा रहेका विकास निर्माणका कामलाई गुणस्तरीय तवरबाट समयमै सम्पन्न गर्नका लागि नगरपालिका लागि परेकाे बताउनुभएकाे थियाे ।
कार्यक्रमलाई नेकपा फलेवास नगर कमिटिका अध्यक्ष पिताम्बर घिमिरे, जिल्ला कमिटिका सदस्य उपेन्द्र बहादुर थापा, फलेवास नगरपालिका वार्ड नं. ६ का वडा अध्यक्ष भाेलानाथ शर्मा र कार्यक्रम संयाेजक विक्रम कुँवर लगायतले सम्बाेधन गर्नुभएकाे थियाे । साेही कार्यक्रममा नेपाली काँग्रेस र राष्ट्रिय जनमाेर्चा परित्याग गरि यामप्रसाद भुसाल, सुरज भुसाल, टिकाराम भुसाल, नन्दलाल भुसाल, टुकप्रसाद भुसाल सहितका एक दर्जनभन्दा बढि नेता कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका थिए ।
नवप्रवेशीहरुलाई मन्त्री लम्साल र मेयर शर्माले अविर, फूलमाला र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएकाे थियाे । नेकपा फलेवास नगरपालिका ६ नं. वडा कमिटिका अध्यक्ष नारायणप्रसाद श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन सचिव उत्तमराज घिमिरेले र स्वागत मन्तव्य रमा पाेख्रेलले राख्नुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!