सेना दिवसको अवसरमा पर्वतमा आयोजित मैत्रीपुर्ण भलिबलको ट्रफि पर्वत उद्योग बाणिज्य संघलाई - News site from Nepal

पर्वत– नेपाली सेनाको स्थापना दिवसको अवसरमा केबलजंग गुल्म गोदाम व्यारेक पर्वतले आयोजना गरेको मैत्रीपुर्ण भलिवल प्रतियोगिताको उपाधि पर्वत उद्योग बाणिज्य संघले हात पारेको छ ।
तीनवटा राष्ट्रसेवक सुरक्षा निकायको संयुक्त टोली र पर्वत जिल्लावासीहरुको नेतृत्व गर्दै उद्योग बाणिज्य संघ पर्वतको टोलीबीच प्रतिस्पर्धा भएको थियो ।
वेष्ट अफ फाईफको आधारमा भएको खेलमा पहिलो सेट राष्ट्रसेवकको समुहले २५– र दोस्रो सेट २५–२२ को अन्तरले जितेको थियो । त्यसपछि सक्रिय बनेको पर्वत उद्योग बाणिज्य संघको टोलीले लगायत तीन सेट आफ्नो कब्जामा पा¥यो र २–३ सेट ले राष्ट्रसेवकलाई पराजित गर्न सफल भएको हो ।


बिजेता बनेको संघले पहिलो ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बिजेता पर्वत उद्योग बाणिज्य संघको समुहको कोचमा अध्यक्ष केदारनाथ शर्मा, खेल संयोजकमा ठाकुर.वि पौडेल, व्यवस्थापनमा खड्क खनाल र शेरबहादुर चोङ्गगी पुन रहनुभएको थियो ।


कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेलले गर्नुभएको थियो भने प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल, तीनवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सेनाले स्थापना दिवसमा आगामी वर्षहरुमा पनि यो प्रतियोगतालाई निरन्तरता दिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!