पर्वत– जिल्लाको सदरमुकाम कुश्मास्थित कालीगण्डकी एकेडेमी आवासीय मा.वि.मा यही फागुन ७ गतेदखि सञ्चालन भएको त्रिदिवसीय खेलकुद प्रतियोगिता शुक्रवार गते सम्पन्न भएको छ ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ मूल नारालाई आत्मसात् गर्दै आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि कुश्मा नगरपालिका, वडा न. ५ का वडाध्यक्ष चित्रकला शर्मा भारतीले उद्घाटन गर्दै आजका विद्यार्थीहरुले अब सैद्घान्तिक ज्ञानमात्र होइन हरेक अतिरिक्त खेलकुद क्रियाकलापमा सहभागी भई राष्ट्रको नाम« राख्न सक्नु पर्ने बताउनु भयो ।
विद्यार्थीहरुको आन्तरिक प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ यस वर्ष पनि विद्यालयमा अध्यापनरत कक्षा नर्सरीदेखि नौं कक्षासम्म अध्यापनरत विद्यार्थीहरुका आ–आफ्ना चार सदन अन्नपूर्ण, धौलागिरि, माछापुच्छ«े र सगरमाथा सदनमा विभाजन गरी जुनियर तथा सिनियर प्रतियोगिताहरु गराइएको थियो ।
जुनियर र सिनियर गरी २९ इभेन्टहरु समावेश गरिएको खेलमा १० स्वर्ण, ७ रजत र १० कास्य गरी कूल २७ पदकसहित अन्नपूर्ण सदन प्रतियोगिताको उत्कृष्ट सदन बन्न सफल ह“ुदै प्रथम स्थान हासिल गर्न सफल भएको छ भने १० स्वर्ण, ५ रजत र १० कास्यसहित कूल २५ पदकका साथ सगरमाथा सदनले द्वितीय स्थानमा चित्त बुझाएको छ । ५ स्वर्ण, ९ रजत र ३ कास्य पदकका साथ कूल १७ पदकका साथ माछापुच्छ«े सदनले तृतीय स्थान र ५ स्वर्ण, ८ रजत र ११ कास्यसहित धौलागिरि सदनले सान्त्वना स्थानमा प्राप्त गरेका छन् ।
छात्र र छात्रा भलिबल खेलमा उत्कृष्ट खेलाडीको उपाधि क्रमशः सम्राट गिरी र एनी गुरुङले हाता पार्न सफल भए भने छात्र र छात्रा कबड्डी खेलमा उत्कृष्ट खेलाडीको उपाधि क्रमशः राहुल गुरुङ र स्मृति नेपालीले हाता पारे । सेभेन ए साइड फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडी निश्चल पुन बनेका छन् भने कृष्ष्ण परियार र बिना पाइजा मगर एथ्लेटिक्सतर्पmका उत्कृष्ट खेलाडी घोषित भए । अनुशासित खेलाडीको उपाधि राजन गिरी र निकिता शर्माले हाता पार्न सफल भएका छन् भने सुस्मा शर्मा र आर्जन थापा मगरलाई इमर्जिङ खेलाडीका रुपमा छनौट गरिएको छ ।
एथ्लेटिक्स समूहका छात्र, छात्रा रनिङ, सटपुट, फुटबल, ज्याब्लिन थ्रो खेलहरु कुश्मास्थित बडागाउ“ चौरमा तथा छात्र, छात्रा भलिबल, कबड्डी, लङ जम्प, हाई जम्प खेलहरु विद्यालयको खेल मैदानमा सञ्चालन गरिएको थियो । आउ‘दो राष्ट्रपति रनिङ कप प्रतियोगितालाई समेत लक्षित गरी कार्यक्रमको आयोजना गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विक्रम थापाले बताउनु भयो । विद्यालयका प्रिन्सिपल बसन्तकुमार कर्माचार्यको अध्यक्षता तथा स्वागत कार्यक्रममा मुख्य रेफ्री विद्यालयका खेलकुद शिक्षक गंगाबहादुर गुरुङ तथा सहायक रेफ्रीको भूमिका विद्यालयका पूर्व विद्यार्थीद्वय समीर जोशी र दशरथ गुरुङले निभाएका थिए ।
शिक्षक सुशील गिरी र अनिल पौडेल सदस्य रहेको निर्णायक तथा स्कोरिङ बोर्डका संयोजक शिक्षक कृष्ण पाठकले प्रतियोगिताको अन्तिम नतिजा प्रकाशन गरेका थिए । कार्यक्रम समापनको अवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल वसन्तकुमार कर्माचार्यले व्यक्तिलाई राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन तथा एउटा सफल पेशाका रुपमा समेत खेललाई अबलम्बन गर्न सकिने आधार नै विद्यालयभित्रका खेलकुद कार्यक्रमहरु रहेको बताउनु भयो । साथै बिजेता विद्यार्थीहरुलाई आगामि फागुन २३ गते आयोजना गरिने विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिने जानकारी गराउनु भएको छ ।
विद्यालयका भू.पू. विद्यार्थीहरु, अध्ययनरत विद्यार्थीहरु, शिक्षक तथा कर्मचारी र अभिभावकरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन विद्यालयका भाइस–प्रिन्सिपल गोबिन्द पौडेलले गरेका थिए ।