नेकपा पर्वतको तीन महिने अभियान ः कोरोना संक्रमणवाट बच्ने सन्देश फैलाऔँ ः मेयर शर्मा - News site from Nepal

पर्वत– नेकपा पर्वतको तीन महिने अभियान कोरोना संक्रमणको बीचमा पनि जारी छ ।
बिहीवार पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्किनेटामा भेला सम्पन्न भएको छ । भेलालाई सम्वोधन गर्दै नेकपा पर्वतका कार्यालय सदस्य तथा फलेवास नगरपालिकाका नगरप्रमख पदमपाणी शर्माले विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणवाट बच्नु अहिलेको सवैभन्दा ठुलो उपलव्धि हुने बताउनुभयो ।
मुलुकनै लक डाउनको अवस्थामा पुगेको बेला सरकारलाई आम नागरिकहरुले सहयोग गर्नुपर्ने बेला आएको बताउँदै नगरगप्रमुख समेत रहेका शर्माले कत्तिपनि नआत्तिईकन परिस्थितिको सामनामा जुट्नुपर्ने बताउनुभयो । उहाँले तीनै तहमा नेकपा नेतृत्वको बर्चश्व रहेको बताउँदै यो बेला मुलुकको विकास र समृद्धि नभए कहिल्यैपनि नहुने बताउनुभयो ।
उहाँले कार्यकर्ताहरुलाई विगतको दुई दलको मानसिकता हटाएर एक दल एक दिलको भाबनाका साथ अघि बढ्न आग्रह गर्नुभयो । उहाँले पार्टीको आन्तरिक एकतालाई मजवुत बनाउन सकेमात्र नेकपाको सफलताको लामो समय टिक्ने बताउँदै त्यसका लागि संगठन सुदृढिकरणलाई जोड दिँदै गुट उपगुटलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा फलेवास नगर कमिटिका अध्यक्ष पिताम्वर घिमीरिले पार्टीको आगामी रणनीति र वर्तमान अवस्थाका बारेमा प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा नेकपाका कार्यकर्ताहरुले पार्टीको भावी कार्यदिशा र रणनीतिका बारेमा जिज्ञासा राखेका थिए ।
नेकपा कार्किनेटाका अध्यक्ष गिरीनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत दिर्घनारायण शर्मा र संचालन वडा कमिटि सचिब कृष्णप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सदस्य मेघलाल विक र कार्किनेटाका वडा अध्यक्ष बाबुराम शर्माले पनि बोल्नुभएको थियो ।
यसैगरी बिहीवारै फलेवास नगरपालिका वडा नं. २ थापाठानामा पनि भेला सम्पन्न भएको छ । भेलामा नेकपा प्रदेश कमिटि सदस्य मोती पौडेल, जिल्ला सदस्य वैकुण्ठ भुसाल लगायतले प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी वडा नं. ३ शंकरपोखरीमा पनि भेला सम्पन्न भएको छ । भेलालाई नेकपाका प्रदेश कमिटि सदस्य देवेन्द्र पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!