नेकपा स्थायी कमिटी बैठक ६ गते ११ बजेसम्मका लागि स्थगित - News site from Nepal
नेकपा स्थायी कमिटी बैठक ६ गते ११ बजेसम्मका लागि स्थगित

काठमाडाैं – आइतवार दिउँसो ३ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक मंगलवार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्त विज्ञप्ति प्रकाशित गरी ६ गते ११ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।शनिवार बसेको नेकपा सचिवालय बैठकमा मंसिर महिनामा पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका थिए ।
सो प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूले समर्थन जनाएका थिए । सचिवालय बैठकपछि प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच आइतवार प्रचण्ड निवास खुमलटारमा छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari