पर्वतको जलजलामा निर्माणाधिन विपी स्मृति भवनको लागि सचिबालय र आर्थिक समिति गठन - News site from Nepal

पर्वत– पर्वतको जलजला गाउँपालिका स्थित मिलन चोकमा निर्माणधिन वीपी स्मृति भवनका लागि सचिवालय तथा आर्थिक समिति गठन गरिएको छ । नेपाली काँग्रेस जलजला गाउँपालिकाका सभापति चन्द्रवहादुर जिसीको सभापतित्वमा शनिवार सम्पन्न बैठकले नेपाली काँग्रेस जलजलाका युवा नेता राजु आचार्यको संयोजकत्वमा सचिवालय तथा आर्थिक समिति गठन गरेको हो ।

समितिको सदस्यमा याम शर्मा पौडेल र भिष्म मल्ल रहनु भएको छ । बैठकले चित्रराज रेग्मीको संयोजत्वमा प्रचारप्रसार समिति गठन गरेको छ । बैठकले भवन निर्माणको आम्दानी र खर्च अनुमोदन गरेको छ । सभापति खत्रीका अनुसार भवन निर्माणका लागि हालसम्म जलजला गाउँपालिकावाट अनुदान स्वरुप ९ लाख ७ हजार ९ सय ६ र हरेम वहादुर खत्रीवाट २१ हजार १ सय २५ रुपैयाँ प्राप्त भएको जानकारी दिनुभयो । उहाँले हालसम्म २६ लाख ८७ हजार ९ सय १२ रुपैयाँ खर्च भएको छ भने १७ लाख ५८ हजार ८ सय ८१ रुपैयाँ तिर्न बाँकी (ऋण) रहेको बताउनु भयो । बैठकले भवन निर्माणका लागि सहयोग रकम बोल्नुहुने महानुभावहरुलाई छिट्टै रकम जम्मा गर्न अनुरोध गरिएको छ ।
नेपाली काँग्रेस जलजलाद्धारा निर्माण गर्न थालिएको वीपी स्मृति भवनको पहिलो तला ढलान भैसकेको छ । भवन निर्माण समितिले मोहनचोकको एक रोपनी क्षेत्रफलमा तीनतलाको सुविधा सम्पन्न भवन निर्माण गर्ने लक्ष्यका साथ काम अघि बढाएको निर्माण समितिका संयोजक समेत रहेका खत्रीले बताउनु भयो ।
नेपाली काँग्रेस जलजलाले विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण र न्यूनिकरणका लागि गाउँपालिका विभिन्न वडामा जनचेतना मुलक कार्यक्रम संचालन गर्ने जनाएको छ । साथै काँग्रेसले स्थानीय सरकारले संचालन गरेको कार्यक्रममा रचनात्मक हिसावले सहयोग गर्ने निर्णय गरेको छ । साथै कोरोना भाइरसका कारण विरामी हुनुभएका स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुको स्वास्थ्य लाभको कामना गरेको छ ।
जलजला काँग्रेसले कोरोनाको महामारीको बेलामा अनवत रुपमा सेवामा खटिनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी, पत्रकार लगायत कर्मचारीलाई उच्च सम्मान गदै धन्यवाद दिएको छ ।उक्त बैठकमा नेपाली काँग्रेस पर्वतका कोषाध्याक्ष एवम् जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल रामकृष्ण लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari