खुल्ला वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगितामा बौद्ध युवा क्लब महाशिला ५ दुक्तान प्रथम , आयोजक वार्ड ६ फलामखानी दित्तिय र फलेवास नगरपालिका ८ ठानामौला तृतीय भएका छन् ।
प्रथम, दित्तिय र तृतीयले क्रमशः ४५ हजार, २५ हजार र १५ हजार साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रमको समापन अवसरमा बोल्दै महाशिला
गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राजु प्रसाद पौडेलले खेलकुद,कला र सँस्कृतिको विकास, संरक्षण तथा प्रबर्द्धनका लागि गाउँपालिकाले बिशेष जोड दिएको बताउनुभयो । अध्यक्ष कप सम्पन्नको लागि पालिकाले १ लाख सहयोग गरेको उहाँले बताउनुभयो । महाशिलाको विकास र समृद्धिको लागि उल्लेखनीय कार्यहरू भएको बताउदै सकारात्मक कार्यहरूमा सबै एकजुट भएर लाग्नुपर्ने पौडेलले बताउनुभयो । गाउँपालिकाको सबै वार्डहरु समान ढंगबाट विकास गरि महाशिलालाई देशकै उत्कृष्ट र नमुना गाउँपालिका बनाउने उहाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वार्ड अध्यक्ष रामबहादुर सुनारले कार्यक्रम सफल बनाउन सबै तवरले सहयोग पुर्याउने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै कार्यक्रमलाई आगामी बर्ष पनि निरन्तरता दिने सुनारले बताउनुभयो । खेलसंगै विकास निर्माणका कार्यमा पनि युवाहरूको उल्लेखनीय सहभागीता हुनुपर्ने उहाँको भनाई थियोे ।
समापनका अवसरमा कार्यक्रमलाई सफल बनाउन पहल गर्नुहुने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे । वार्ड अध्यक्ष राम बहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा फलामखानी आधारभुत बिद्यालयका प्रअ तथा कार्यक्रमका सचिव गोविन्द बिश्वकर्माको स्वागत मन्तव्य र कार्यक्रमको संचालन वार्डका कर्मचारी मोहन पौडेलले गर्नुभएको थियो ।