पर्वतको धाईरिङमा तरुण दलको संगठन विस्तार, अध्यक्षमा चन्द्रबहादुर केसी - News site from Nepal

पर्वत – नेपाल तरुण दल जलजला गाउँपालिकाले वडा स्तरिय समिति गठन प्रक्रियालाई तिव्र पारेको छ । संगठन विस्तार अभियान अन्तर्गत आइतवार जलजला गाउँपालिका–७ धाईरिङमा वडा समिति गठन गरिएको छ । भेलाले चन्द्रबहादुर केसीको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्याक्षमा लक्ष्मी आचार्य, गोपाल सुनार, आर्यन शर्मा, सचिवमा राजु विक र गणेश आचार्य, कोषाध्यक्षमा जीवनाथ आचार्य रामु, सहसचिवमा तिलकप्रसाद रिजाल रहनुभएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् नेपाली काँग्रेस जलजला गाउँपालिका सभापति चन्दवहादुर जिसीले तरुण दल पार्टीको मेरुदण्ड भएको बताउँदै संगठनलाई जिवन्त राख्न युवाहरु सामजिक कार्यमा लाग्न सुझाव दिनुभयो ।
नेपाल तरुण दल जलजला गाउँपालिका अध्यक्ष प्रकाश पुनको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मनोहर आचार्य र संचालन लक्ष्मीप्रसाद आचार्यले गर्नुभएको थियो ।
सो अवसरमा नेकपा परित्याग गरी पाँच जना युवाहरु काँग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari