पर्वतको दुर्लुङमा नेकपाको सपथ ग्रहण, सांसद गिरीले भने – ‘विपक्षीले फैलाएको भ्रमका पछि नलाग्नुहोस् ‘ - News site from Nepal

पर्वत– नेपाल कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गको सपथ ग्रहण तथा प्रथम पुर्ण वैठक सम्पन्न भएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि दुर्लुङमा बनेको नयाँ कमिटिलाई सपथ खुवाईएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सांसद पदम गिरीले मुलुक समृद्धिको दिशातर्फ उत्मुख भैरहेको बताउनुभयो । उहाँले लामो समयदेखि संक्रमणमा गुज्रीएको मुलुक स्थायी सरकार आएसँगै आर्थिक विकास र समृद्धिको दिशामा अघि बढेको बताउँदै यो सरकारको बाँकी तीन वर्षमा मुलुकमा कायापलट हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारका सानातीना कमजोरीलाई उचालेर प्रतिपक्षि दलले जनतामा भ्रम छर्न खोजेको भएपनि यो सरकार साच्चिकै मुलुकको विकास, आम गरिब पिडित र शोषित नागरिकको पक्षमा काम गर्दै अघि बढेको बताउनुभयो । उहाँले सरकारले गरेका असल कार्यहरुलाई तत्लो तहका नागरिकसम्म लैजानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले विगत दुई वर्षदेखि मुलुकमा विकास निर्माणले व्यापक फड्को मारेको बताउँदै अब मुलुकका कुनैपनि स्थान विकास निर्माणवाट पछि नपर्ने बताउनुभयो । उहाँले अब राजनीतिक प्रतिस्पर्धा सकिएको बताउँदै मुलुकको भौतिक विकास र नागरिकको आर्थिक विकासमा सरकारले देखिनेगरी प्रगति गर्दै गएको बताउनुभयो ।
कार्यक्रममा नेकपा जिल्ला कार्यालय सदस्य गोविन्द पहाडी, नेकपा कुश्मा नगरकमिटिका अध्यक्ष शंकर गिरी, कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गका वडा अध्यक्ष तेजप्रसाद पाध्या लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!