लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
महिलाहरूलाइ व्यावसायिक रुपमा आत्मनिर्भर बनाउने पर्वतको फलेवास नगरपालिकाको अभियान - News site from Nepal
पर्वत- फलेवास नगरपालिका भित्रका महिलाहरूलाई व्यावसायिक रुपमा आत्मनिर्भर बनाउने उदेश्यले एघार ओटै वडाका महिला समूह र नगरपालिका बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तर्कृया कार्यक्रम नगर कार्यपालिकाको सभाहलमा भएको हो । नगरपालिका का प्रमुख पदमपाणि शर्माले महिलाहरुलाइ व्यावसायिक बनाउनको लागि नगरपालिकाले प्रसस्त बजेट बिनियोजन गरेको भन्दै ब्यबसायिक कार्यक्रमको प्रस्ताव लिएर नगरपालिकामा आउन आग्रह गर्नुभयो । कार्यक्रममा फलेवास नगरपालिका का स्रोत र साधन,बिकास निर्माण योजनाहरु,ब्यवसायिक सम्भाब्यताहरु,महिलाहरूको गुनासो तथा समस्या, लगायत बिषयमा छलफल गरिएको थियो ।
भौगोलिक विविधता अनुसार फलेवासमा गाइपालन,तर्कारी खेती,फलफूल खेती,सिलाइकटाइ उधोग ढाका उधोग टपरी उधोग,सेनेटरी प्याड उधोग,अल्लो उत्पादन लगायतका व्यावसायिक सम्भाब्यताका बारेमा छलफल भएको छ । छलफल कार्यक्रममा नगरपालिका का योजना ब्यबस्थापक देबिप्रसाद तिमिल्सिनाले जुनसुकै उधम वा पेसा गरेर महिलाहरु व्यावसायिक बन्नैपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाले न्युन आयस्रोत भएका बिपन्न परिवारको लागि सामाजिक सुरक्षा प्रदान गर्नेगरी छलफल चलेको जानकारी दिनुभयो ।
सोही अवसरमा फलेवासमा भैरहेको बिकासे योजनाहरु र वडा तहमा हाल देखिएका समस्याहरुको बारेमा समेत महिलाहरू ले नगरपालिका समक्ष जिज्ञासा तथा सुझाव राखेका छन । अन्तर्कृया कार्यक्रमको सहजीकरण योजना ब्यबस्थापक देबि प्रसाद तिमिल्सिना, निमित्त प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौडेल कृषि शाखाका टुकनारायण सापकोटाले गर्नुभएको थियो भने नगरपालिका सदस्य नेत्र सुनारले बिषयसङ्ग सम्बन्धित भनाइ राख्नुभएको थियो ।
महिला तथा बालबालिका शाखाकि प्रमुख बिष्णु चापागाइले कार्यक्रम संचालन गर्नुभएको कार्यक्रमको समापन महिला सदस्य निर्मला भुसालले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!