चुनाव हारेपनि जनताको सेवामा निरन्तर लागिरहन्छु ः काँग्रेस नेता जोशी - News site from Nepal

साजन परियार
पर्वत –
सामजिक कार्यमा सक्रिय सिमखेत युवा क्लवले यहाँको एक सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा संचालित जनसहयोगी माध्यमिक विद्यालयलाई कम्प्युटर, ध्वनी यन्त्र (साउण्ड सिस्टम) र विद्यार्थीलाई झोला वितरण गरिएको हो ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई झोला उपलव्ध गराउनुभएको थियो । त्यस्तै नेपाली काँग्रेस पर्वतका महाधिवेशन प्रतिनिधी एवम् प्रदेश सभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले विद्यालयलाई एक थान कम्प्युटर सहयोग गर्नुभएको थियो भने नेपाली काँग्रेसका महासमिती सदस्य गंगाधर तिवारीले ध्वनी यन्त्र (साउण्ड सिस्टम) उपलव्ध गराउनु भएको थियो । उक्त सहयोग सामग्री शुक्रवार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् केन्द्रिय सदस्य जोशीले सिमखेत युवा क्लवले निकै सराहनीय काम गरेको बताउनु भयो । युवाहरु यस्तै सामजिक एवम् रचनात्मक कार्यमा लागे मुलुक छिट्टै विकास तर्फ अगडी बढ्ने जिकिर गर्नुभयो । नेता जोशीले आफु निर्वाचनमा पराजय भएपनि जनताको सेवामा निरन्तर लाग्ने उद्घोष गर्नुभयो । ‘म चुनाव मात्रै हारेको हुँ, ‘उहाँले भन्नुभयो,‘चुनाव हादैमा विकासका लागि पछि हटदिन ।’
उहाँले विगतमा आफु क्षेत्र नम्वर १ को साँसद भएपनि समग्र जिल्लाको विकास हुने गरि काम गरेको दावी गर्नुभयो । पर्वत जिल्लाको समग्र विकास निर्माणका आफ्नो योगदान गरेको बताउँदै नेता जोशीले चुनाव हादैमा आफ्ना एजेण्डा नहारेको दोहो¥याउनु भयो । पर्वतको दीगो विकास र समृद्धि आफ्नो संकल्प रहेको बताउँदै उहाँले त्यसका लागि सबै जिल्लावासी तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । शंकरपोखरीसँग आफ्नो भावनात्मक सम्वन्ध रहेको बताउँदै नेता जोशीले यस ठाउँको विकास र समृद्धिका लागि आफले निरन्तर सहयोग गदै जाने बताउनुभयो ।

फरक प्रशंगमा बोल्दै नेता जोशीले सरकारका गलत कार्यले नागरिकहरु त्रसित भएको बताउनु भयो । केपी ओली नेतृत्वको वर्तमान सरकारले संविधान विरोधी विधेयकहरु ल्याएर लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको आरोप लगाए । ‘मुलुकमा भष्ट्राचार, महँगी र बलात्कार जस्ता जघंन्य अपराध बढ्दै गएका छन् । सरकार यसतर्फ अग्रसर हुनुको साटो उल्टै नागरिकको मुख थुन्न सुचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक लिएर नागरिक स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाउनु भयो । नेपाली जनतालाई जिस्क्याउने काम भयो भने नागरिकको अधिकार खोसिनेहरु स्वयम नासिने बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् फलेवास नगरपालिका मेयर पदका उम्मेदवार गंगाधर तिवारीले समाज रुपान्तरमा युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । उहाँले युवाहरुको सिप र क्षमतालाई उद्यमशिलतामा जोड्नुपर्ने धारण राख्नुभयो । फलेवास नगरपालिका मेयरका प्रत्यासी समेत रहेका तिवारीले नगरमा बेरोजगारको समस्या बढ्दै गएको प्रति चिन्ता व्यक्त गदै युवाहरुलाई स्वरोजगार बनाउन तर्फ नगरले युवामुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जनसहयोगी माध्यमिक विद्यालयका अध्यक्ष महेन्द्रवहादुर कार्की, सोही विद्यालयका प्रधानाध्यापक गणेशबहादुर थापा, भूपू सैनिक संघ पर्वतका जिल्ला अध्यक्ष सुबेदार खड्कवहादुर कार्की, नेपाल विद्यार्थी संघ फलेवास नगरसमितिका सभापति सन्तोष पाठक, प्रगतीशील आमा समुहकी अध्यक्ष मैना कार्की, गणेश टोल विकास समितिका अध्यक्ष हेमप्रसाद अधिकारी, क्लवका आजिवन सदस्य शिव अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सिमखेत युवा क्लवका अध्यक्ष सरोज खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सरस्वती कुमारी क्षेत्री कार्की र कार्यक्रमको संचालन क्लवका सचिव इश्वर कार्कीले गर्नुभएको थियो । उक्त समरोहमा क्लवका शुभचिन्तक र आजिवन सदस्यलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!