पर्वतको शालिजाका नारायण भुसाल : कहिले नेकपामा कहिले काँग्रेसमा - News site from Nepal

पर्वत-  पर्वतको जलजलाका एक युवाले एकै सातामा दुईपटक पार्टी परिवर्तन गरेर अहिले चर्चामा छन् ।
नेकपामा प्रवेश गरेको भनेर प्रचार गरिएका नेपाली काँग्रेस जलजला-शालिजाका क्रियाशील सदस्य नारायण भुसाल आफू नेपाली काँग्रेसमै रहेको प्रष्ट पारेका छन् ।
भुसालले विहिवार कुश्मास्थित पार्टी कार्यालयमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र जलजला गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेसका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)समक्ष आफू काँग्रेसप्रति निष्ठापूर्वक लागिरहने प्रतिवद्धता समेत गरेका छन् । उनले आफू केहीदिन पहिले सांसद पदम गिरीलाई भेट्न गएको बेला पार्टी प्रवेशको हल्ला चलाएको दावी गरे । ‘म सांसदलाई भेट्न गएको थिएँ तर पार्टी प्रवेश ग¥यो भनेर हल्ला चलाइएछ, त्यो निराधार हो ।’– भुसालले भने । उनले आफू काँग्रेसप्रति विगतमा भन्दा अझै बढि सक्रिय भएर लाग्ने प्रतिवद्धता समेत जनाएका छन् ।

केही दिनअघि नेकपामा प्रवेश गरेको भन्दै भुसालको सामाजिक सञ्चाल र केही अनलाइनमा समाचार सम्प्रेषण भएको थियो । भुसालले नेपाली काँग्रेसमा हालसम्म कुनैपनि असन्तुष्टि नरहेको पनि दाबी गरेका थिए ।

केहि दिन पहिले 

पर्वत कांग्रेसका युवा नेता नेकपामा प्रबेश

पर्वत/ नेपाली कांग्रेसका सक्रिय युवा कार्यकर्ता शुक्रबार एक कार्यक्रम बीच नेपाल कम्युनिष्ट पार्टीमा प्रबेश गरेका छन् । पर्वतको जलजला गाउँपालिका ८ शालिजाका नारायण भूसाल नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रबेश गरेका हुन् ।
लामो समयसम्म नेपाली कांग्रेसको गाउँ स्तर तथा युवाहरुको क्षेत्रमा सक्रिय रहेका भूसालले नेपाली कांग्रेसको पछिल्लो गतिविधि प्रति असन्तुष्ट जनाउँदै नेपाल कम्युनिष्ट पार्टीमा प्रबेश गरेका हुन् ।
पार्टी प्रबेश कार्यक्रमका अवसरमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी पर्वतका अध्यक्ष तथा पर्वतबाट निर्बाचित व्यवस्थापिका संसदका सदस्य पदम गिरीले नेपाल कम्युनिष्ट पार्टीको गतिविधि र नेकपा नेतृत्व सरकारको सफलतामा सहकार्य गर्न अहिले नेपाल भरी पार्टी प्रबेशको नहर चलेको बताए । उनले युवादेखि प्रौढ वर्गसम्मको उत्थानका लागि नेपाल कम्युनिष्ट पार्टी विगत देखि नै लागि परेको र भविष्यमा पनि लाग्ने प्रण व्यक्त गर्दै नेपाली जनताको सारथी नेपाल कम्युनिष्ट पार्टी भन्ने भनाईलाई यथार्थपरक रुपमा कार्यान्वयनमा ल्याउने प्रयास भएको बताए ।
पार्टी प्रबेश कार्यक्रममा सांसद पदम गिरी, नेकपा पर्वत कुश्मा नगर कमिटिका अध्यक्ष शंकर गिरी लगायतले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!