सरकारले कोरोना रोकथामका लागि ठोस कार्यक्रम ल्याउन सकेन : काँग्रेस नेता जोशी - News site from Nepal

पर्वत – नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सरकारले महामारीको रुपमा फैलिएको कोरोना रोकथाम र न्यूनिकरणका लागि ठोस कार्यक्रम ल्याउन नसकेको आरोप लगाउनुभएको छ ।
नेपालमा संक्रमण भित्रिएको पाँच महिना पुगिसक्दा समेत सरकारले ठोस कदम ल्याउन नसकेको बताउँदै केपी ओली नेतृत्वको सरकार नागरिकप्रति संवेदनशिल नभएको बताउनुभयो । पञ्चासे एफएमको नियमित कार्यक्रम टि टक मा बोल्दै नेता जोशीले नेपाली काँग्रेसले शुरुमै विदेशमा अलपत्र परेका नागरिकहरुलाई स्वदेश फर्काउन खबरदारी गर्दा सरकारले अटेर गरेको बताउँदै संक्रमण फैलनुभन्दा पहिलै विदेशी नागरिकलाई ल्याएको भए अहिलेको अवस्था नआउने निश्चित रहेको बताउनुभयो ।
उहाँले अझैपनि ठोस नीति र कार्यक्रम बनाएर अघि बढ्न आग्रह गर्नुभएको छ । सरकारले प्रस्तुत गरेको बजेट समेत कोरोनामैत्री बन्न नसकेको बताउँदै अवाश्यक परिक्षण मेशिनको अभावमा अहिले पनि विसौ हजार स्वाब संकलन गरिएपनि परिक्षण हुन नसकेको अवस्था रहेको बताउनुभयो । उहाँले परिक्षणको दायरालाई बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले महामारीका बेला नेपाली काँग्रेसले सरकारलाई रचनात्मक हिसावले सहयोग गरेको बताउँदै सरकार भ्रष्टाचार र अनियमिततामा मात्र लिप्त बनेको आरोप समेत लगाउनुभयो । नेता जोशीले कोरोना भाईरसको संक्रमणका कारण मुलुक आर्थिक संकटनमा परिरहेको छ, यस्तो अवस्थामा व्यापारिक प्रतिष्ठान, कृषि, साना उद्योग, सञ्चार लगायतका क्षेत्रमा राहत प्याकेज घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्को प्रसंगमा नेता जोशीले पर्वत जिल्लामा संक्रमण फैलन नदिनका लागि आफुले पटक पटक जिल्लाका सरोकारवालाहरुलाई सुझाव दिएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत होस् वा कोरोना रोकथाम जिल्ला समन्वय समितको वैठकमै समेत उपस्थित भएर पनि सदरमुकाम र गाउँ गाउँमा व्यवस्थित क्वारेन्टीनको संख्या बढाउन, आईसोलेशनको क्षमता बृद्धि गर्न, भेन्टिलेटर, आईसियु लगायत आवश्यक औषधी उपकरणको व्यवस्थापनमा जोड दिन आग्रह गरेको बताउनुभयो । उहाँले भारत लगायत तेस्रो मुलुकवाट आउने नागरिकहरुलाई जिल्ला प्रवेश भन्दा पहिलाई पिसिआर परिक्षण गर्न आग्रह गरेको बताउँदै एकद्धार नितिमार्फत भित्राउने र पिसिआरको रिपोर्ट पछि मात्र गाउँका क्वारेन्टाईनमा पठाउने निणर्य स्वागतयोग्य भएको बताउनुभयो ।
उहाँले खेतीपातीको मौसम भएकाले सामाजिक दुरी कायम गरि कृषि कर्ममा लाग्न जिल्लावासीहरुलाई आग्रह समेत गर्दै स्थानीय तहका सरकारले कृषकहरुलाई सहुलियतमुखि कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari