प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा, मन्त्रीहरुलाई बोलाए बालुवाटार - News site from Nepal

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्।
समसामयिक विषयमा परामर्शका लागि शनिबार साँझ प्रधानमन्त्री ओली शितल निवास पुगेको बताइएको छ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएका छन्।
शनिबार साँझ ७ बजेका लागि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएको एक मन्त्रीले जानकारी दिए।
‘मन्त्रिपरिषद बैठक भनिएको छैन, तर छलफलका लागि भनेर बालुवाटार बोलाइएको छ’, उनले भने।
समसामयिक विषयमा छलफल गर्नका लागि सबै मन्त्री र राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari