पर्वत । पर्वतको कुश्मा नगरपालिका ४ स्थीत नारायण माविमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । आईतवार विद्यालयमा भएको अभिभावकहरुको भेलाले सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सोहि बिद्यालयका पूर्व प्रधानाध्यापक समेत रहेका बसन्तबहादुर सिके चयन हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा कमलनाथ पोखरेल ,मिना कर्माचार्य,तारा देबी के सी ,सरस्वती शर्मा पोखरेल,संगीता चापागाई र कृष्णप्रसाद शर्मा चयन हुनुभएको छ । सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक अम्विका आचार्य लोहनी रहनुभएको छ ।