पर्वत- नेपाली काँग्रेस पर्वतको सचिव पदमा युवा नेता अशोक उच्चै ठकुरी मनोनित भएका छन् । आज बसेको जिल्ला कार्य समितिको बैठकले युवा तथा जुझारु नेता ठकुरीलाई सो पदमा मनोनित गरेको हो ।
ठकुरी जिल्ला कार्य समिति सदस्य पनि हुन् । यस अघि काँग्रेस पर्वतले युक्तप्रसाद श्रेष्ठलाई सचिवमा मनोनित गरेको थियो । श्रेष्ठको निधन भएपछि उनको ठाउँमा ठकुरीलाई मनोनित गरिएको काँग्रेसले जनाएको छ ।

लामो समयदेखी नेपाली काँग्रेसको राजनितिमा सक्रिय ठकुरीले सचिव पदको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न प्रतिवद्धता व्यक्त गरे । ठकुरीले नेपाली काँग्रेसको संगठन बिस्तार गर्ने, भातृ तथा शुभेच्छुक संस्थाहरुलाई सामजिक एवम् रचनात्मक कार्यमा लगाउने आफ्नो पहिलो जिम्मेवारी भएको बताए ।
जिम्मेवारी दिएकोमा उनले सभापति सहितको टोलीलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।