पर्वतको रानीपानीमा भिरबाट लडेर एक युवाको मुत्य - News site from Nepal
पर्वतको रानीपानीमा भिरबाट लडेर एक युवाको मुत्य

पर्वत ः दक्षिण पर्वतको विहादी गाउँपालिकामा भिरबाट लडेर एक युवाको ज्यान गएको छ ।
बिहादी गाउँपालिका वडा नं. ३ रानीपानीका २१ बर्षीय श्रीलाल दर्जीको घर नजिकैको भीरवाट लडेर दिउँसो मृत्यु भएको हो । घरबाट बिहान बजार जान्छु भनेर शनिवार दिउँसो हिँडेका दर्जी अबेरसम्म घर नफर्केपछि खोजीगर्ने क्रममा स्थानीय डण्डारेभीरमा शव फेला परेको प्रहरीले जनाएको छ ।
दर्जीले साथीहरुसंग बसेर मदिरा पिएको र भीरको बाटो घर फर्किँदै गर्दा लडेर मृत्यु भएको प्रहरीको भनाई छ । मृतकको शव पोष्टमार्टमका लागि स्याङ्जाको वालिङ अस्पताल पठाईएको र घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!