पर्वतका निर्माण व्यावसायी श्रेष्ठ शसस्त्र प्रहरी बलद्धारा सम्मानित - News site from Nepal

पर्वत–पर्वतका सफल निर्माण व्यावसायी भिम प्रसाद श्रेष्ठ सम्मानित हुनुभएको छ । १८ औ शसस्त्र प्रहरी बल स्थापना दिवसको अवसरमा उहाँलाई प्रदेश नं ४ शसस्त्र प्रहरी वल पृतनापतिको कार्यलयमा आयोजित विशेष समारोहमा सम्मानित हुनुभएको हो ।
लामो समयदेखि शसस्त्र प्रहरी बलसँग नजिक रहेर सहयोग गरेको र सामाजिक रुपमा पनि योगदान पु¥याएको कदर गर्दे उहाँलाई शसस्त्र प्रहरीका डिआईजी बाबुराम पाण्डेले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
शसस्त्र प्रहरी बलले आफ्नो स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरी मनाएको थियो । सम्मानित भएपछि निर्माण व्यवासायी श्रेष्ठले आफुले सामाजिक क्षेत्रमा लागेर गरेको योगदानको कदर भएको अनुभूति मिलेको बताउनुभयो । उहाँले अझै बढि शसस्त्र प्रहरीसँग सहकार्य गरेर सामाजिक क्षेत्रमा काम गर्ने प्रेरणा मिलेको पनि बताउनुभयो । कुश्मा कन्ट्रक्सनका अध्यक्ष तथा कालीगंगा निर्माण सेवाका संचालक समेत रहेका श्रेष्ठ लामो समयदेखि निर्माण व्यावसायमा सक्रिय रहँदै आएका छन् । उनि अन्य सामाजिक संघ संस्थामा लागेर पनि सेवा गर्दै आएका छन् ।
सम्मान पत्र प्र्रदान गर्दै पृतनापती डिआईजी पाण्डेले श्रेष्ठले सामाजिक क्षेत्र र सशस्त्र प्रहरी बलसँगको सहकार्यको प्रसंसा गर्नुभएको थियो ।
श्रेष्ठसँगै पर्वतका समाजसेवी हरिप्रसाद आचार्य पनि सम्मानित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!