काम नगर्ने छुट कसैलाई छैन,काम नगरे सहिदहरुको रगतले पोल्छःमन्त्री लम्साल - News site from Nepal

तनहुँ
तनहुँको घिरिङ गाँउपालिकाले सहिद परिवारका सदस्यहरुलाई सम्मान गरेको छ । सहिद दिवसका अवसरमा गाँउपालिकाले गाँउपािलका भित्रका ८ जना सहिद परिवारका सदस्यहर लाई सम्मान गरेको हो ।
सहिद परिवारका सदस्यहरुलाई फुलमाला र दोसल्ला ओढाउदै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्ती विकास लम्सालले सहिद र बेपत्ताको योगदानलेनै नेपालको परिर्वतन सम्भव भएको बताए । “सहिदहरुले जुन सपना देखेर बलिदानी दिए, त्यो सपना पुरा गर्न अब हामीले समृद्धि,विकास र परिर्वतन गर्न आवश्यक छ,मन्त्री लम्सालले भने”काम नगर्ने छुट कसैलाई छैन,काम नगरे सहिदहरुको रगतले पोल्छ ।
उनले नेपालको बिभिन्न कालखण्डमा परिर्वतनको निम्त्ति लड्दै ज्यान घुमाएका विर शहिदहरुको योगदानलाई कहिल्यै भुल्न नहुने बताए । मन्त्री लम्सालले नेपालमा नयाँ युगको शुरुवात भएको चर्चा गर्दै सबै मिलेर “पछौटेपनको अन्त्य गर्दै विकासको काम हातेमालो गर्नुपर्नेमा जोड दिए । जनताले अब केही वर्ष्भित्रै विकासको नयाँ अनूभुति प्राप्त गर्ने ठोकुवा समेत गरे ।
गाँउपालिकाका अध्यक्ष रन ब.रानाले सहिदहरुले देखाएको मार्ग दर्शन तथा उनीहरुको उपदेशलाई कार्यान्वयन गर्न सके मात्र सहिदको सच्चा सम्मान हुने बताए ।
सोही अवसरमा पत्रकार माधब पराजुली र सरोज पन्थीले तायर पारेको तथा तरानाथ आचार्यले सम्पादन गरेको घिरिङ गाँउपालिकाको बृत्तचित्र समेत सार्वजनिक गरिएको थियो ।
मन्त्री लम्सालले घिरिङ गाँउपलिकाको पर्यटकिय सम्भावना बोकेका बिभिन्न स्थानहरुको समेत अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!