पर्वतमा पृथक कथा बोकेको आहुरीको बिशेष प्रदर्शनी सम्पन्न - News site from Nepal
पर्वतमा पृथक कथा बोकेको आहुरीको बिशेष प्रदर्शनी सम्पन्न

पर्वत : मोफसलका कलाकारहरुको लगानीमा बनाइएको चलचत्रि अहुरीको आज पर्वतमा विशेष प्रदर्शनी गरिएको छ । चलचित्र भएपछि देशका अन्य चलचित्र हलहरुमा रिलिज हुनुपूर्व चलचित्र निर्माण गरिएको जिल्ला पर्वतमा बिशेष प्रदर्शनी गरिएको हो ।
कुश्माको सिद्धेश्वर चलचित्र मन्दिरमा चलचित्र प्रदर्शन गरिएको हो । चलचित्र हेरेर फर्किएका दर्शकहरुले स्थानीय रुपमा निर्माण गरिएका चलचित्रहरुले राष्ट्रिय स्तरका चलचित्रहरुसँग प्रतिपस्र्धा गर्न नसक्ने भएपनि अहुरीले देखाउन खोजेको प्राचिन समय राम्रो भएको प्रतिक्रिया दिएका छन् । झण्डै २ सय ५० बर्ष अगाडि नकरात्मक शक्तिहरुले ईश्वरीय शक्ति आप्mनो बसमा ल्याउन नरसंहार गर्ने गरेको बिषयलाई चलचित्रको मुख्य बिषयका रुपमा उठान गरिएको छ । सत्य र अहिंसाको बाटोले मानिसलाई सुखको अनुुभुति गराउँछ भन्ने कुरा पनि चलचित्रमा देखाइएको छ । आजभोली चलचित्र हलहरुमा गएर २ घण्टा लामो चलचित्र हेर्ने प्रवृत्ति हराउँदै गएको छ । बर्षौँ पहिलेसम्मद र्शकहरुले खचाखच भरीने चलचित्र घरहरु आजभोली सुनसान भइरहेका छन् ।
यही परिवेशका बीचमा पनि स्थानीय कलाकारको लगानी र उनीहरुकै अभिनयमा बनेको चलचित्र हेर्नका लागि चलचित्र घरमा खचाखच दर्शकहरु भरीएको थिए । चलचित्र अहुरी पर्वत जिल्लाका सहासिक भीर, बन, धार्मिक स्थल, नदीनाला लगायत रहेका ठाउँमा पुगेर छायांकन गरिएको छ । बिशाल लोहनीको कथा रहेको चलचित्रको निर्देशन पनि उनले नै गरेका छन् ।
अहुरी इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा चलचित्र निर्माण गरिएको हो । निर्देशक लोहनीले अहुरी चलचित्र क्षेत्रकै पृथक खालको कथा बोकेको चलचित्र भएको बताउनुभयो । कुमार गजुरेल, सरिता घिमिरे, सन्दीप खड्का, शिल्पा कार्की, दिमस गुरुङ, लक्ष्मी राई, अर्जुन थापा, सुजाता बस्याल, बिज्ञान हमाल, मनिषा पन्त बिशाल लोहनी, आर.सी. पौडेल, थमनसिंह पुर्जा, सरिता परियार, अर्जुन बि.सी., अमृत सुनार, केशब घिमिरे, दुर्गाबहादुर तिलिजा, अनुपा राई, सुमन सेन्चुरी, प्रदीप परियार, सुजन रोका, शिव परियार, प्रकाश थापा, ठाकुुर रसाईली, निर्मल पौडेल, राजु सेन्चुरी, शालिग्राम पौडेल, भिमा परियार लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!