मोदी गाउँपालिका स्तरीय भलिबलको उपाधि भुकदेउरालाई - News site from Nepal
मोदी गाउँपालिका स्तरीय भलिबलको उपाधि भुकदेउरालाई

पर्वत – जिल्लाको मोदी गाउँपालिकामा भएको पालिकाका वडास्तरीय भलिबल प्रतियोगीताको उपाधि मोदी १ भुकदेउरालीले जितेको छ । भुकदेउरालीले क्याङका सोझो ३ सेट हात पार्दै उपाधि जित्न सफल भएको हो । 
मंगलबार उपाधि जितेसंगै बर्ष २०७६ को रनिङ समेत मोदी गाउँपालिका वडा न १ भुकदेउरालीले जितेको छ । उपाधिसंगै ट्रफी, मेडल र नगद ५० हजार राशीको पुरस्कार समेत भुकदेउरालीले प्राप्त गरेको छ । द्धितिय स्थान हासिल गरेको मोदी ५ क्याङले नगद ३० हजार रकम, ट्रफी र मेडल हात पारेको छ । यस अघि तृतिय स्थानका लागि भएको खेलमा मोदी २ देउपुरलाई हराउँदै मोदी ६ तिलाहारले खेल आफ्नो पक्षमा पारेको थियो । तृतिय हुने मोदी ६ तिलाहारले नगद २० हजार, ट्रफी र मेडल प्राप्त गरेको छ । खेलको समापन कार्यक्रममा संविधान सभाका सदस्य कल्पना चापागाई, गाउँपालिका अध्यक्ष प्रेम पौडेल, मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले खेलाडीहरुलाई पुरस्कार र रनिङ शिल्ड प्रदान गर्नुभयो ।

प्रतियोगितामा पालिकाका ८ वटा वडाहरुको सहभागीता रहेको छ । गाउँपालिकाले पालिका स्तरीय रनिङ शिल्ड सहितको प्रतियोगीताको आयोजना गरेको हो । मोदी गाउँपालिकाले यस बर्ष देखि रनिङ शिल्ड भलिबल प्रतियोगीताको शुरुवात गरेको गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार ३ पटक लगातार रनिङ शिल्ड जित्नेले एकमुष्ट ३ लाख नगद पुरस्कार गाउँपालिकाबाट प्राप्त गर्नेछ । आगामी बर्ष देखि प्रतियोगीतालाई निरन्तर रुपमा सञ्चालन गर्ने गरी कार्यपालिकाले निर्णय गरेको प्रबक्ता लामिछानेको भनाई छ । खेलमा सहभागीताका लागि प्रत्येक वडाबाट बढिमा एक वटा समुहले सहभागीता जनाउन सक्नेछन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!