हिन्दू राष्ट्रको माग गर्दै राप्रपा आजबाट आन्दोलनमा, देशैभर प्रचार प्रसार अभियान - News site from Nepal

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा हिन्दू राष्ट्रको माग गर्दै आन्दोलनमा उत्रिएको छ । पहिलो चरणको आन्दोलन अर्न्तगत सो पार्टीले आजबाट देशैभर प्रचार प्रसार अभियान सुरु गरेको हो ।
पार्टी अध्यक्ष कमल थापाका अनुसार प्रचार अभियान भोलिसम्म चल्नेछ । आईतबारबाट २३ गते सम्म देशभरबाट हस्ताक्षर संकलन गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले बताउनुभयो । २५ गते ७७ जिल्ला सदरमुकाम, सात प्रदेशका मुकाम र सिंहदरबारमा १ घण्टा धर्नाको कार्यक्रम तय भएको राप्रपाले जनाएको छ । 
त्यस्तै, चैत्र २८ गते स्थानीय तहमा एक घण्टा धर्ना दिंदै धर्म निरपेक्षताको विरोध गर्ने उसको तयारी छ । बैसाख ५ गतेबाट धर्म निरपेक्षताको ब्यानर तथा प्ले कार्ड जलाउने र ८ गते राजमार्गहरुमा २ घण्टाको सत्याग्रह गर्ने गरी राप्रपाले विरोधका कार्यक्रम तय गरेको छ ।  पहिलो चरणको आन्दोलनको अन्तिम चरणमा उसले राजधानी केन्द्रित प्रर्दशन गर्ने तयारी गरेको छ । आफ्ना मागमा जनसमर्थन जुटाउन मेची महाकाली स्वाभिमान यात्रा सम्पन्न गरे लगत्तै बसेको राप्रपा केन्द्रीय कार्य समितिको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो ।  राप्रपाले नेक्र वित्रम चन्द नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्दै वार्ताबाट समस्याको समाधान गर्न सरकारसँग माग पनि गर्दै आएको छ ।
उसले मुलुकका सबै शक्तिलाई समेट्दै गोलमेच सम्मेलनबाट सम्पूर्ण असन्तुष्टि सम्बोधन गर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको छ ।    

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!