पर्वत काँग्रेसका सचिब युक्तप्रसाद श्रेष्ठको शंकास्पद मृत्यु - News site from Nepal

पर्वत / पर्वत काँग्रेसका सचिब युक्तप्रसाद श्रेष्ठको आईतवार दिउँसो शंकास्पद निधन भएको छ । बालुवाटारको चर्चित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा ब्यक्तिको नाममा बनाउने काममा मुछिएका नेपाली कांग्रेस पर्वतका सचिब तथा लायन्स क्लब डिस्ट्रीक्ट ३२५ बि १ का पुर्ब गर्भनर युक्तप्रसाद श्रेष्ठको आइतबार दिउँसो मृत्यु भएको छ ।
पर्वतको फलेबास नगरपालिका वडा नं ६ देबिस्थान घर भएका श्रेष्ठको काठमाण्डौको बालाजु स्थित हिमालय सिटीसेन्टरको सात तला माथिबाट खसेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार सातौ तलाबाट खसेका श्रेष्ठको उपचारका क्रममा त्रिबी शिक्षण अस्पतालमा पु¥याउँदा मृत्यु भएको हो । बालुवाटार जग्गा प्रकरणमा जोडिएका कारण उनको मृत्युलाई ‘शंकास्पद’ देखिएको छ ।
बालुवाटारको सरकारी जग्गा ललिता निवास ब्यक्तिका नाममा पुर्याउनका लागि मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटिएको थियो ।
सरकारी जग्गा हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन खरदार समेत रहेका नेपाली कांग्रेसका सचिब श्रेष्ठ बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेको छ ।
नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमितिमा सचिब पदमा मनोनित भएका श्रेष्ठले गत स्थानिय तहको निर्वाचनमा फलेबास नगरपालिकामा मेयरको दाबी समेत गरेका थिए । उनी अख्तियारको बयानमा रहेका कारण कांग्रेस पर्वतले सञ्चालन गरेको जागरण अभियानमा समेत सहभागी भएका थिएनन । उनी नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब साँसद अर्जुनप्रसाद जोशीका प्रिय पात्र मानिन्छन । लायन्स क्लबको डिस्ट्रीक्ट गर्भनर रहेका बेला पर्वतका लायन्स क्लबहरुले श्रेष्ठलाई रथमा राखेर सम्मानका लागि बजार परिक्रमा समेत गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!