काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री मण्डल हेरफेरको तयारी थाल्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीहरु हेरफेर हुने भएको छ ।
आगामी आर्थिक बर्षको बजेट र त्यससंग आश्रित विधेयकहरु संघीय संसदबाट पारित भईसके लगत्तै नेकपाले मन्त्रीमण्डल हेरफेरको तयारी अघि बढाएको हो । वर्तमान सरकारमा रहेका केहि मन्त्रीहरुको कार्यसम्पादनमा पार्टी भित्रैबाट असन्तुष्टि बढिरहेका बेला ओलीले मन्त्री हेरफेर गर्ने तयारी गर्नुभएको हो । त्यसका लागि नेकपाका २ अध्यक्षबिच छलफल चलिरहेको नेकपा स्रोतले जनाएको छ ।
स्रोतले भन्यो– ६–७ जना मन्त्री परिवर्तनको तयारी भईरहेको छ । केहि दिनमै त्यसको टुंगो लाग्छ । प्रधानमन्त्री ओली र अध्यक्ष पुष्प कमल दाहाल त्यसको अन्तिम गृहकार्यमा हुनुहुन्छ । बजेट अघि नै मन्त्री हेरफेरको चर्चा चलेपनि बजेट निर्माण तथा अन्य बिषयमा पनि त्यसले प्रभाव पार्ने भएपछि बजेट पास भएपछि गर्ने २ अध्यक्षबिच सहमती भएको हो । सोहि अनुरुप अहिले ओली र दाहालबिच घनिभुत छलफल भईरहेको छ ।
स्रोतका अनुसार ६ देखी ७ मन्त्री हेरफेर हुने संभावना छ । यद्यपी अध्यक्षहरुको छलफलले सबै कुरा बाहिर नल्याएकाले को को मन्त्री हेरफेर हुन्छन अहिले भन्न नसकिने स्रोतले बतायो प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको चौमासिक मूल्यांकनमा समेत लक्ष्य अनुसारको काम गर्न नसक्ने मन्त्रीको बिदाई गर्ने भन्दै अनुगमन अगाडि बढाउनुभएको थियो ।
सोहि मुल्याङकनका आधारमा मन्त्रीहरुको हेरफेर गरिने तयारी अघि बढेको हो ।