पर्वतको मोदीवेणीका शालिग्राम शिला चोर्ने व्यक्तिलाई अभिषाप हुन्छ ः जगतगुरु - News site from Nepal

पर्वत–जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले मोदीबेनी स्थित नृसिँह मन्दिरबाट चोरी भएका शालिग्राम शिला फेला पर्ने दाबी गर्नुभएको छ ।
मोदीबेनीमा आज आयोजित धार्मिक भेलालाई सम्बोधन गर्दै उहाँले चोरी भएका शालिग्राम शिलाको खोजी गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । सबैले ध्यानपूर्व खोजी गरेमा शिला भेटिने देबाचार्यले बताउनुभयो । उहाँले चोरी गर्ने समूहलाई शिला फिर्ता गर्न पनि आग्रह गर्नुभयो ।
शालिग्राम शिला भगवानको साक्षत शक्ति रहेको कारण चोरी भएका ति शिलाले चोर्ने व्याक्तिलाई अभिषाप हुने बताउनुभयो । उहाँले कालीगण्डकी नदी, मोदीबेनी धाम र नृसिँह भगवानको महिमाको बारेमा चर्चा गर्नुभयो । विभिन्न धर्मग्रन्थमा कालीगण्डकी क्षेत्र, शालिग्राम शिला र मोदीबेनीको महिमाका बारेमा लेखिएका धार्मिक महत्वको बारेमा उहाँले प्रकाश पार्नुभयो । साथै उहाँले सुनसरीको चतराधाममा अर्को महिना चैत्र २३ देखि बैशाख २४ गतेसम्म पिण्डेश्वर अद्र्ध कुम्भमेला आयोजना गरिएको र त्यसमा सहभागी हुन पर्वत, बागलुङ लगायतका जिल्लाका धर्मानुरागीहरुलाई सहभागी भैदिनका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा चतराधाम कुम्भमेलाका अध्यक्ष टिकादत्त दहाल, ससत्र प्रहरी बल चण्डिका गण कुश्माका प्रमुख शिव सुबेदीले पनि बोल्नुभएको थियो । कार्यक्रमको स्वागत तथा सञ्चालन केशवदास बैरागीले गर्नुभएको थियो । फागुन ४ गते नृसिँह मन्दिरबाट शालिग्राम शिला चोरी भएपछि जगतगुरु सहितको टोली मोदीबेनीमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!