कुश्मामा सञ्चालित महायज्ञको आज अन्तिम दिन, आज मन फुकाएर दान गरौ - News site from Nepal

पर्वत–राधा–माधव सत्सङ आश्रम निर्माणको लागि आवश्यक आर्थिक संकलन गर्नको लागि कुश्मामा चलिरहेको महायज्ञमा आजसम्म झण्डै ४५ लाख रुपैयाँ संकलन भएको छ ।
यही माघ ७ गतेदेखि १४ गतेसम्मका लागि श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु भएको हो । शुक्रबारसम्म १० लाख संकलन भएकोमा हिजो एकै दिनमा मात्रै १० लाख र गोप्यदानबाट १० लाख गरी ३० लाख संकलन भएको महायज्ञ मुल आयोजक समितिले जनाकारी दिएको छ । यसैगरी, आज मात्र झण्डै १५ लाख रुपैयाँ संकलन भएको छ । धार्मिक भवन तथा आश्रमको रुपमा निर्माणधिन अवस्थामा रहेको भवनको लागि खर्च जुटाउनको लागि महायज्ञ लगाइएको हो । महायज्ञबाट झण्डै एक करोड १५ लाख आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले प्रवचन गरिरहनुभएको छ । कार्यक्रमममा विहान बेलुका नित्य पूजा अर्चना, भजन संकृतन भइरहेको छ ।
महायज्ञमा सहयोग गर्ने दाताहरुलाई विभिन्न सम्मान गरिनेछ । २१०० सम्म दान गर्नेको नाम व्यानरमा उल्लेख गरिनेछ । ५ हजार दिनेहरुलाई प्रमाणपत्र सहित रामनामी ओढाई सम्मान गरिनुका साथै व्यानरमा नाम लेखिनेछ । त्यस्तै १० हजार दिनेहरुलाई मंचबाट नाम घोषणा गरी रामनमी र प्रमाणपत्रले सम्मान गरी भित्ते लेखनमा नाम लेखिनेछ । २० हजार दिनेहरुलाई विशेष कदरपत्र र दोसल्लाले सम्मान गरिनेछ । ५० हजार दिनेहरुलाई विशिष्ट अतिथि बनाउने र विशेष कदरपत्र दोसल्लाले सम्मान गरिनेछ ।
१ लाख सहयोग गर्ने दानविरलाई यज्ञ अवधीभर सभानायकको आशन गराउने र विशेष सम्मान गर्ने, एक लाख भन्दा बढी दिनेहरुलाई विशेष सभा नायक बनाउने र विशेष सम्मान दिइनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!