पर्वतको महाशीला र पर्साको छिपहरमाई गाउँपालिकाबीच अनुभव आदानप्रदान - News site from Nepal

पर्वत–पर्वतको महाशिला गाउँपालिकामा छिपहरमाई गाउँपालिका, पर्सा र महाशिला गाउँपालिका पर्वत बिच अनुभव आदान प्रदान गरिएको छ ।
छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताको टोलि र महाशिला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेल सहितको टोली बिच स्थानिय तहको विकासको लागि गरेका कामको अनुभव आदान प्रदान गरिएको थियो ।
बिशेषगरी महाशिला गाउँपालिकाको महत्वकांक्षी योजना “एक घर एक रोजगार“ अन्तर्गत महाशिला विकास स्वयंसेवक कार्यक्रमको बारेमा महाशिला अध्यक्ष राजु प्रसाद पौडेलले छिपहरमाई गाउँपालिकाको टिमलाई आफ्नो योजनाको बारे जानकारी र सल्लाह सुझाव दिनुभएको थियो ।
यस लगायत गाउँपालिकाको अन्य योजना तथा जानकारीको बारेमा अनूभव र आफ्ना भावी योजना बारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!