कुश्मामा सञ्चालित महायज्ञमा भक्तजनको घुँईचो, हालसम्म तीस लाख भन्दा बढि संकलन - News site from Nepal

पर्वत । राधा–माधव सत्सङ आश्रम निर्माणको लागि आवश्यक आर्थिक संकलन गर्नको लागि कुश्मामा चलिरहेको महायज्ञमा आजसम्म झण्डै ३० लाख संकलन भएको छ ।  यही माघ ७ गतेदेखि १४ गतेसम्मका लागि  श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु भएको हो । 
शुक्रबारसम्म १० लाख संकलन भएको र शनिबारको दिनमा मात्रै १० लाख र गोप्यदानबाट १० लाख गरी ३० लाख संकलन भएको महायज्ञ मुल आयोजक समितिले जनाकारी दिएको छ । धार्मिक भवन तथा आश्रमको रुपमा निर्माणधिन अवस्थामा रहेको भवनको लागि खर्च जुटाउनको लागि महायज्ञ लगाइएको हो । महायज्ञबाट झण्डै एक करोड १५ लाख आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । 
महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले प्रवचन गरिरहेका छन् । कार्यक्रमममा विहान बेलुका नित्य पूजा अर्चना, भजन संकृतन भइरहेको छ । महायज्ञमा सहयोग गर्ने दाताहरुलाई विभिन्न सम्मान गरिनेछ । २१०० सम्म दान गर्नेको नाम व्यानरमा उल्लेख गरिनेछ । 
५ हजार दिनेहरुलाई प्रमाणपत्र सहित रामनामी ओढाई सम्मान गरिनुका साथै व्यानरमा नाम लेखिनेछ । त्यस्तै १० हजार दिनेहरुलाई मंचबाट नाम घोषणा गरी रामनमी र प्रमाणपत्रले सम्मान गरी भित्ते लेखनमा नाम लेखिनेछ । २० हजार दिनेहरुलाई विशेष कदरपत्र र दोसल्लाले सम्मान गरिनेछ । 
५० हजार दिनेहरुलाई विशिष्ट अतिथि बनाउने र विशेष कदरपत्र दोसल्लाले सम्मान गरिनेछ । १ लाख सहयोग गर्ने दानविरलाई यज्ञ अवधीभर सभानायकको आशन गराउने र विशेष सम्मान गर्ने, एक लाख भन्दा बढी दिनेहरुलाई विशेष सभा नायक बनाउने र विशेष सम्मान दिइनेछ । 
२ लाख  भन्दा माथि सहयोग गर्नेहरुलाई विशेष सभानायक घोषणा गरी सपरिवारको फोटो सहित शिलालेख राखिनेछ । धान, चामल, खाद्यन्न, समाग्रीहरु जिन्सी तथा भवनमा आवश्यक समाग्रीहरु जस्तै झ्याल, ढोका, फर्निचरका समाग्री, बस्त्रहरु, उपयोगी भाँडाकुँडा, टिभी प्रदान गर्नेहरुलाई प्रमाणपत्र, सम्मान पत्र  र कदर पत्रले सम्मान पत्रका साथै दोसल्ला ओडाइनेछ । 

भूमिदान गर्ने, कोठाहरु निर्माण गरिदिनेहरुको पारिवारिक नामावली सहित शिलालेखमा नामाकरण गरिनुका साथै कार्यक्रममा ब्रतबन्ध, शान्तिस्वस्ती, रुद्रीपाठ वा उपयोगी कर्मकाण्ड संम्बन्धि कार्य गर्नेहरुलाई आवश्यक व्यवस्था गर्ने गायत्री आमा समूहकी अध्यक्ष सीतादेबी खत्रीले जानकारी दिईन । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!