पर्वतको भुकदेउरालीमा बालविवाह न्यूनिकरण सम्वन्धि तामिल सम्पन्न - News site from Nepal

पर्वत– मोदी गाउँपालिकाको भुकमा सरोकारवालाहरुका लागि बाल अधिकार, बाल संरक्षण र बाल विवाह न्यूनीकरण सम्बन्धी तालिम सम्पन्न भएको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको सहकार्य तथा मोदी गाउपालिका वडा नं १ को आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालिममा मोदी गाउपालिका अन्तरगत वडा नं १ का बिभिन्न बिधालयका बिधालय ब्यबस्थापन समिति, शिक्षक अबिभाबक संघ, बाल क्लव, एवं वडा सदस्य तथा प्रहरी गरि २५ जना को सहभागिता रहेको थियो।
बाल विवाह न्यूनिकरण एबं बाल अधिकार र बाल संरक्षण सम्वन्धि जनचेतना फैलाउने उदेश्यले आयोजित तालिमको सहजिकरण राजेन्द्र पहाडी र राम कृष्ण लामिछानेले गर्नु भएको थियो ।
मोदी गाउपालिका वडा नं १ का कार्यवाहक अध्यक्ष भूल बहादूर पौडेलले उद्घाटन गरि शुक्रवार शुरु भएको तालिमको समापन शनिवार मोदी गाउपालिका कार्यपालिका सदस्य दुर्गा रसाइलीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!