
पर्वत–पर्वतको महाशिला गाउपालिका वडा नं. ५ लुंखुदेउरालीका खेलाडीहरुलाई सम्मान गरिएको छ । वडा नं. ५ को कार्यालयले स्थानीय तहको निर्वाचन मार्पmत जनप्रतिनिधिहरु पदस्थापना भएको २ बर्ष पूरा भएको अवसरमा खेलाडीहरुलाई सम्मान गरिएको गाउँपालिकाका प्रवक्ता तथा लुंखुदेउरालीका वडाध्यक्ष जिवनबिक्रम उचैले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्मान पाउने खेलाडीहरुमा युजिन गुरुङ, रुपेन्द्र नेपाली र संगिता गुरुङ रहनुभएको छ । गुरुङलाई मलेसियामा सम्पन्न १६ औँ ओकेनवा गजुरियो करातेको १२ बर्ष उमेर समूह स्वर्ण पदक बिजेता बन्नुभएकोमा सम्मान प्रदान गरिएको हो ।
त्यस्तै, नेपालीलाई आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष भलिबल गण्डकी प्रदेश बाट सहभागी बन्नुभएकोमा र सङ्गितालाई आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला फुटबलतर्फ गण्डकी प्रदेशबाट सहभागी हुनुभएकोमा वडाले सम्मान गरेको हो । उहाँहरु तीन जना सहित वडा स्तरीय भलिबल प्रतियोगितामा वडाको तर्फबाट जिल्ला स्तरमा प्रथम स्थान प्राप्त गरेका भलिबल खेलाडीहरुलाई पनि सम्मान गरिएको छ ।
खेलाडीहरुको मनोबल उच्च बनाई खेलप्रति थप जागरुक बनाउनको लागि सम्मान गरिएको वडाध्यक्ष ठकुरीको भनाई छ ।