
पर्वत / पर्वतको मोदी गाउँपालिकामा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा पालिका कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । नेकपाको मोदी गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा पहिलो बैठक सम्पन्न भएको हो ।
नवगठित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा केन्द्रिय सदस्य गुप्तबहादुर हमालले शपथग्रहण गराएका थिए । शपथग्रहण गराउँदै केन्द्रिय सदस्य हमालले पार्टीको एकतालाई जरैदेखि बलियो बनाउँदै लैजाने काम भएको बताए । उनले एकताको पूर्णतासँगै अब पार्टीको अभियानलाई गाउँकेन्द्रीत बनाइने बिश्वास दिलाउँदै नेकपाको सरकारले आगामी बर्षको बजेटबाट लोकप्रिय कार्यक्रम ल्याउने बताए । अहिले सम्म बिपक्षीले चलाएका भ्रम चिर्ने काम बजेटबाटै हुने र बृद्ध तथा सबै उमेर समुहका बिचमा पार्टी र सकारको प्रभाब बढाउने बिश्वास पनि ब्यक्त गरे ।
जिल्ला अध्यक्ष तथा प्रतिनिधीसभा सदस्य पदम गिरीले मुलुकमा पुंजीबादको बिकास गर्दै बैज्ञानिक समाजबादमा पुग्नका लागि पार्टी एकता भएकाले एकताको मर्म र भावना अनुरुप लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले पार्टी एकतापछि देशी बिदेशी शक्तिहरुले बिश्वास गरेको चर्चा गर्दै एकताबाट अत्तालिएका बिपक्षी दलहरु सरकार र पार्टीलाई बद्नाम बढाउन सकिन्छ कि भनेर लागेका छन भने । उनले सरकारका कामहरुको लाभान्वित जनता सम्म प्रतिफल पु¥याउन तथा प्रतिपक्षीका नकारात्मक हमलाको डटेर सामना गर्न पनि निर्देशन दिए ।
नेकपा मोदी गाउँ संगठन कमिटीका अध्यक्ष तेजबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशसभाकी सदस्य जुनादेबी नेपाली, नेकपा प्रदेश कमिटीका सदस्यहरु मेघनाथ सुबेदी, देबेन्द्रराज पाण्डे, प्रेमकुमार लामिछाने, हिरादेबी शर्मा, नेकपाका जिल्ला सचिब सुदिप कुँवर, जिल्ला नेताहरु भक्त कुवँर, गोबिन्द पहाडी, कुस्मा नगरकमिटी अध्यक्ष शंकर गिरी, जिल्ला सदस्यहरु मनबहादुर पौडेल, बिमल लामिछाने, लगायतका नेताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन मोदी गाउँकमिटी सचिब कृष्णबहादुर सुबेदी गरेका थिए ।