म्याग्दीमा विप्लव नेकपाका तिन कार्यकर्ता पक्राउ, हेर्नुहोस् को को छन् - News site from Nepal

बेनी-  म्याग्दीमा विप्लव समूहको नेकपाका तिनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार उनीहरुलाई घरमै बसीरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला जनपरिषद प्रमुख समेत हुनुहुन्छ । पक्राउ पर्नेहरुमा अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष थमबहादुर पुन रुम डाडाँ गाउँ र रुम अभिधराका जगत पुन पक्राउ पर्नुभएको छ ।
पुन जिल्ला जनपरिषद प्रमुख समेत हुनुहून्छ । यसै गरी युवक संगठन सदस्य रमेश पुन दरबाङ बजारबाट पक्राउ पर्नुभएको नेकपा म्याग्दीका इन्चार्ज गमबहादुर श्रीसमगरले जानकारी दिनुभयो ।
राजनीतिक आस्थाका आधारमा गिरफतारीमा परेका आफ्ना कार्यकर्ताको विना सर्त रिहाई गर्नुपर्ने इन्चार्ज श्रीसमगरले माग गर्नुभयो । ‘संविधानले दिएको राजनीतिक अधिकारलाई बर्तमान सरकारले कुण्ठीत गर्न खोजेकाले यसको डटेर प्रतिरोध गरिने छ ’ – उहाँले भन्नुभयो ।
पक्राउ परेका तिनै जनालाई सोमबार नै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याइएको प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासीनीले बताउनुभयो । जिल्लामा विप्लव समुहका नेता तथा कार्यकर्ताहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय विप्लव नेकपा समुहले अपराधिक गतिविधि सञ्चालन गरेर आतंकित बनाएको भन्दै सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीले धमाधम विप्लव नेकपाका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!