बागलुङको अमलाचौरमा ग्लोबल आइएमई बैंकको ११८ औ शाखारहित बैंकिङ शुभारम्भ - News site from Nepal

पर्वत–ग्लोबल आइएमई बैंकले बागलुङ नगरपालिका वडा नं १२, अमलाचौरमा आफ्नो ११८ औ शाखा रहित बैंकिङ कार्यक्रमको शुरुवात गरेको छ ।
ग्लोबल आईएमई बैंक लि कुश्मीशेराका शाखा प्रबन्धक प्रकाश शर्माको अध्यक्षता तथा बाग्लुङ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष गुरुदत्त पाठकको प्रमुख आतिथ्यमा समुद्घाटन भएको सो कार्यक्रममा जननिर्वाचित वडा प्रतिनिधीहरु, विभिन्न विधालयका शिक्षकहरु तथा विधालय व्यवस्थापन समितीका पदाधिकारीहरु, राजनितिक दलका प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधी, समाजसेवी तथा व्यवसायीहरुको उपस्थीती रहेको सो कार्यक्रबाट अनुमानित ७,००० जनसंख्या साथै १४०० भन्दा बढी घर धुरीले सेवा पाउने लक्ष्य लिइएको छ ।
कार्यक्रममा प्रमुख अतिथी तथा वडा नं १२ का वडा अध्यक्ष गुरुदत्त पाठकले ग्लोबल आइएमई बैंको यस शाखा रहित बैंकिङबाट ग्रामिण क्षेत्र जहा बैंकहरु नभएको ठाउमा त्यहाको बासीन्दाको लागि ठुलो सहयोग पुग्ने, बैंकिङ सुविधाको लागि पहिलाजस्तो सदरमुकाम नै धाउनु पर्ने बाध्यताको समाधान हुने साथै विकासको लागि थप सहयोग पुग्ने बताउनु भयो भने कार्यक्रमका अध्यक्ष तथा ग्लोबल आईएमई बैंक लि कुश्मीशेराका शाखा प्रबन्धक प्रकाश शर्माले नेपाल सरकारको हरेक व्यक्ति एक खाताको लक्ष तथा हरेक क्रियाकलाप बैंकिङ माध्यबाट गर्ने निती अनुसार त्यस ठाउमा शाखा रहित बैंकिङ सेवा शुरुवात गरिएको बताउनुभयो ।
साथै सो सेवावाट एक व्यक्तिले एक दिनमा ५० हजार सम्म पैसा भिक्न पाउने र १ लाखसम्म जम्मा गर्न पाउने साथै विभिन्न विलहरुको भुक्तानी समेत गर्न पाउने बारेमा जानाकारी दिनुभयो । सो सुविधा दिनको लागि त्यसै बा.न.पा वडा नं १२, अमलाचौर, कान्ले निवासी व्यवसायी श्री कृष्ण प्रसाद चापागाईलाई प्रतिनिधीको रुपमा नियुक्ती गरिएको प्रबन्धक प्रकाश शर्माले जानाकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!