
पर्वत – पर्वतको पञ्चासेमा निर्माण शुरु हुन लागेको पञ्चासे केबलकारमा जागिर गर्न ईच्छुकहरुका लागि निर्माण कम्पनीले गाउँ गाउँमै पुगेर शिविर संचालन गर्ने भएको छ ।
कम्पनीका अनुसार गाउँमा चलाईने शिविरहरुमा केबलकारमा काम गर्न ईच्छुकहरुको निवेदन संकलन गर्नुका साथै शेयर संकलन पनि गरिने भएको छ । कम्पनीमा काम गर्न ईच्छुकहरुले शिविर संचालन भएको ठाउँमा गई ३ प्रति पासपोर्ट साईजको फोटो र नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने छ ।
शिविर आज मोदी गाउँपालिका वडा नं. ८ चित्रेमा राखिएको छ भने पर्सी कुश्मा नगरपालिका वडा नं. १४ आर्थरमा राखिएको छ । यस्तै, १६ गते बिहीबार मोदी गाउँपालिका ७ राम्जामा राखिने भएको छ ।