पर्वतको पकुवामा चौथो महोत्सव, खेलकुद र सांगितिक कार्यक्रमको रमाईलो - News site from Nepal

पर्वत : पर्वतको कुश्मा नगरपालिका ११ पकुवामा रहेको पकूवा यूवा क्लबको आयोजनामा बृहद खेलकुद तथा चौथो पकुवा महोत्सव २०७५ आजदेखि शुरु भएको छ ।
बिभिन्न साँस्कृतिक प्रस्तुतीहरु सहित भलिबल प्रतियोगिता मुख्य आकर्ष रहेको महोत्सवको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले स्वस्थ जीवनको आधारभूत तत्व खेल रहेको बताउँदै गाउँमा गठन भएको यूवा क्लबले खेलकुदको आयोजना गर्नुका साथै संस्कृतिको जगर्ने प्रयास गर्नु उदाहरणीय काम भएको उल्लेख गर्नुभयो ।
गाउँमा गाउँमा आयोजना गरिने कार्यक्रमहरुले गाउँका यूवाहरुमा गाउँमा नै केही गरौँ भन्ने प्रोत्सहान बढाउने उल्लेख गर्दै सभापति रिमालले खेलकुद प्रतियोगिता सहित संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले गाउँका यूवाहरुले कार्यक्रमको आयोजना गर्नु महत्वपूर्ण काम भएको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस वडा कार्य समितिका सभापति हर्कबहादुर मल्लले यूवाहरु विदेशिने लहर चलेको बेलामा गाउँमा रहेका यूवाहरुले बिभिन्न कार्यक्रमहरुको आयोजना गर्नु खुसीको कुरा भएको उल्लेख गर्नुभयो । यस्तै, समाजसेवी तथा बीरेन्द्र माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबम मल्लले क्लबले आयोजना गरेको काम संस्कृतिको रक्षा गर्ने उपाय भएको बताउँदै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

पकुवा यूवा क्लबका अध्यक्ष दिपिन मल्लको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य क्लबका सल्लाहकार अनोज मल्लले राख्ुनभएको थियो भने कार्यक्रमको संचालन संचारकर्मी संजय रेग्मीले गर्नुभएको थियो । महोत्सवमा आज बिभिन्न हाँस्य कलाकारहरु सहित लोकदोहोरी कलाकारहरु सरिता सारु मगर र सुमन के.सी.ले प्रस्तुती दिनुभएको थियो । महोत्सवका अवसरमा आज नै आयोजक पकुवा यूवा क्लब र छिमेकी मुनाल यूवा क्लबको बीचमा सौहार्दपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!