बामशक्तिको एकताबाट केहि शक्ति आत्तिए : सांसद गिरी - News site from Nepal
बामशक्तिको एकताबाट केहि शक्ति आत्तिए : सांसद गिरी
पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुश्मा नगरपालिका अन्तर्गत वडा न ५, ६ र ७ को सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपाको पार्टी कार्यालय कुश्मामा आयोजीत सपथ ग्रहण तथा प्रथम पूर्ण वैठक कार्यक्रममा बोल्दै नेकपा पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले पार्टीको काममा एकताबद्ध भएर लाग्न सवैलाई आग्रह गरे ।

गिरीले दुई पार्टी वीचको एकता नै कम्युनिष्ट आन्दोलनको ठूलो उपलब्धि भएको उल्लेख गर्दै सरकारका असल कार्यहरुको प्रचार गर्न समेत कार्यकर्तालाई निर्देशन दिए । गिरीले बामशक्तिको एकताबाट केहि शक्ति आत्तिएको उल्लेख गर्दै देशका कम्युनिष्ट सरकारले नै विकासमुखी परिर्वतको बाटो पहिल्याउने उद्घोण गरे ।

कार्यक्रममा प्रदेश सदस्य तथा समन्वय प्रमुख मनोहर बि पौडेल, प्रदेश सदस्यहरु मेघनाथ सुवेदी, देबेन्द्रराज पाण्डे, केशव कुवँर, मनरुपा सुवेदी, नेकपा नेता तथा फलेवास नगरप्रमुख पदमपाणी शर्मा, जिल्ला नेता गोविन्द पहाडी तथा कुश्मा नगर कमिटिका अध्यक्ष शंकर गिरीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सपथ ग्रहण कार्यक्रमको सञ्चालन कुश्मा ६ का वडाअध्यक्ष दिपुबाबु गिरीले सञ्चालन गरेका थिए भने अध्यक्षता वडा न ५ का वडाअध्यक्ष भिम श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!