पर्वत– पर्वतको फलेवास नगरपालिकाले आगामी आर्थिक बर्षका लागि रु ६६ करोड ५६ लाख ९५ हजारको बजेट पारित गरेको छ ।
फलेवास नगरपालिकाको पाँचौ नगरसभाले उक्त बजेट, निति तथा कार्यक्रम पारित गरेको हो । आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ समेत नगर सभाबाट पारित भएको छ । नगरसभाको पहिलो बैठकमा नगरप्रमुख पदमपाणि शर्माले ०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने दोश्रो बैठकमा नगर उपप्रमुख मञ्जु अधिकारीले आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेकि थिईन । प्रस्तुत बजेटमा चालु एवं साधारण खर्चतर्फ ४३ करोड ७९ लाख ६४ हजार विनियोजन गरिएको छ भने पूँजीगत एवं विकास तर्फ २२ करोड ७६ लाख ७२ हजार विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षमा झण्डै २० करोड रुपैया बढिको बजेट तथा योजनाहरु सार्वज्निक गरिएको छ ।

नगरसभामा प्रस्तुत भएको बजेटमा फलेवासलाई पुर्ण सरसफाई युक्त बनाउन क्नि फलेवास, ग्रिन फलेवास अभियानका लागि रु १ करोड २० लाख, सामाजिक विकास तर्फ २ करोड ४१ लाख ५० हजार र पूर्वाधार विकास तफर्प ६ करोड २० लाख रुपैया बिनीयोजन गरिएको नगर उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिईन ।
त्यसैगरी आर्थिक विकास तर्फ २ करोड ६० लाख, वातावरण तथा विपद व्यवस्थापन तर्फ ५० लाख, संस्थागत विकास तर्फ १ करोड १९ लाख, बिनीयोजन भएको छ । सामान्य सेवा संचालन र अन्यमा ६ करोड १७ लाख ९५ हजार रुपैया प्रस्ताव गरिएको उपप्रमुख अधिकारीले जानकारी दिईन ।
फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षमा रु १ करोड ५० लाख आन्तरिक आयको अनुमान गरेको छ भने संघीय सरकारबाट १० करोड १५ लाख वित्तिय समानीकरण र चालु अनुदान २८ करोड ६४ लाख तथा राजश्व वाँडफाँडवाट ७ करोड १५ लाख, पदेश सरकारबाट झण्डै तीन करोड, सामाजिक सुरक्षा तर्फ १० करोड र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ करोड, सांसद विकास कोषबाट १ करोड, पर्यटन तथा सडक बोर्डबाट झण्डै एक करोड रुपैया प्राप्त हुने अनुमान गरेको छ ।
नगरप्रमुख पदमपाणी शर्माका अनुसार नगरपालिकाले कालीगण्डकी जलाशययुक्त आयोजना, प्रदेश जोड्ने जैमीनी पोखरा सडक, सामुदायिक बिद्यालयको शैक्षिक गुुणस्तर र एक वडा एक कृषि फार्मलाई विशेष जोड दिईएको छ । कफी बगैचा कार्यक्रम, कृषि बजार, अकबरे खुर्सानी खेती, एक टोल एक हलो वितरण जस्ता कृषकमुखि योजनामा बजेट बिनीयोजन गरिएको शर्माले बताए ।
नगरपालिकाले अधिकांस गत वर्षका योजनाहरुलाई दोहो¥याएको पाईएको छ । नगरपालिकाले एक वडा एक नमुना भाँडाकुडा तथा घरेलु सामाग्री उत्पादन गर्ने उद्योग स्थापना गर्ने भएको छ भने एक घर एक खानेपानीको धारा विस्तारलाई पनि जोड दिएको छ ।
नगरपालिकाले कृषिजन्य बस्तुहरुको ढुवानीका लागि सवारीसाधन खरिद गर्न रु २७ लाख रुपैया बिनीयोजन गरेको छ । नगरपालिकाले यथार्थमुखि बजेटलाई जोड दिएको नगरप्रमुख शर्माले बताए ।
चालु आर्थिक वर्षमा बिनीयाजन गरिएको बजेटलाई पुर्ण कार्यान्वयन गर्न सकेमा नगरको दु्रुत गतिमा विकास हुने फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले जानकारी दिए । उनले बजेट, नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि नगरवासीहरुको सहयोग र खबरदारी आवश्यक रहेको बताए ।
संसदीय शैलीमा सम्पन्न भएको नगरसभामा बजेट, नीति तथा कार्यक्रम र दुई वटा विधेयक बहुमतले पारित भएको थियो । नगर सभामा उपप्रमुखलाई अन्य सदस्यसरहको व्यवहार गरिएको भन्दै उपप्रमुख अधिकारीले भने असुन्तुष्टि व्यक्त गरेकि थिईन ।
पुर्णपाठ
सभाध्यक्ष महोदय,
ज्ञ फलेवास नगर कार्यपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को वजेट तथा कार्यक्रम यस गरिमामय सभामा प्रस्तुत गरिरहंदा म गौरवको महशुस गरेको छु । यस अवसरमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र सम्मको अवस्थामा रुपान्तरण गर्न आफ्नो जीवन उत्सर्ग गर्ने महान सहिदहरुलाई स्मरण गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । साथै संपूर्ण राजनीतिक अग्रजहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।
द्द लामो संघर्ष र वलिदानवाट नगरिकले आँफुले चाहेको विकास आफ्ने नजिकको सरकारवाट गर्न पाउने अवसर प्राप्त गरेका छन् । विकासमा नागरिकको सार्थक र जीवन्त सहभागिताको सुनिश्चितता गर्न सकिएको छ । स्थानीय सरकारका क्रियाकलापमा नागरिकको सम्मिलन हुन सकेको छ । आफ्नो दुःख वाड्ने र सुखको साझेदारी गर्ने संस्था हुन सकेको छ ः स्थानीय सरकार । विकास आवश्यकताहरुको पहिचान गर्ने, स्रोत तथा साझेदारहरुको खोजी गर्ने , आवश्यकताको प्राथमिकीकरण गर्ने र समस्याको समाधान गर्ने माध्यम वनेको छ ।
घ वित्तीय संघीयताको माध्यमवाट स्थानीय सरकारले स्रोत साधनको प्रवन्ध गरी विकासका क्रियाकलापहरु अगाडी वढाउनु पर्ने हुन्छ । संघीय सरकारवाट प्राप्त समानिकरण अनुदान तथा राजश्व वाँडफाँड वाट प्राप्त रकम, सशर्त रकम, समपुरक तथा विशेष अनुदान रकम र प्रादेशिक सरकारवाट प्राप्त यस्तै प्रकृतिको रकम हाम्रो स्थानीय संचित कोषको प्रमुख आधार हो । स्थानीय सरकारले प्राप्त गर्ने आफ्रनै स्रोतको राजश्व र गैर कर राजश्वको हिस्सा हाम्रो वजेटमा नगन्य मात्र रहेको छ । कूल वजेटको सून्य दशमलव पाँच प्रतिशत रकम मात्र हाम्रो आफ्नै राजश्वको हिस्सा रहन्छ । स्थानीय राजश्व प्राप्ति र परिचालनको हिस्सा कम रहेको यस यथार्थमा र सशर्त अनुदानको हिस्सा वढी भएको अवस्थामा हाम्रा विशिष्ठ आवश्यकताहरु पूर्ण रुपमा संवोधन गर्न नसकिएको तीतो यथार्थ हाम्रा सामु छ ।
द्ध तथापि सचित कोषको आवश्यकतामा आधारित प्रयोगवाट विविध उपलब्धीहरु हाँसिल भएका छन् । विगत तथा चालु वर्षको वजेट कार्यान्वयनवाट समाजमा असमानताको न्यूनीकरण भएको, लक्षित परिवारमा विकासका क्रियाकलापहरु पुगेको ,रोजगारिका अवसरहरुको सिर्जना भएको, नागरिकहरुमा वचत गर्ने क्षमताको विकास भएको, नागरिकका दैनिक क्रियाकलापमा स्थानीय सरकार साथी र सारथी भएको छ । अव छिट्टै दीगो, समावेशी तथा समन्यायिक विकासको प्रतिफल सवै नागरिकले प्राप्त गर्ने अवसरको सिर्जना हुदैँछ । सम्मानजनक रोजगारि मार्फत गरिवी निवारणको लक्ष्य पुरा हुँदैछ । दीगो विकासका लक्ष्यहरु प्राप्त गर्ने दिशामा क्रियाकलापहरु अगाडी वढीरहेका छन् ।
छ भौतिक विकास दीगो रुपमा संचालन गरिएको छ । नगरमा दीगो सडक संजालको विकास हुँदैछ । सडकहरुलाई व्यावसायिक र पर्यावरण मैत्री वनाउने प्रयास गरिएको छ । नागरिकहरुमा उद्यमशीलता र व्यावसायिक सोचको विकास भएको छ । हामी नगरको लागि र नगर हाम्रो लागि भन्ने अवधारणा आम नागरिकमा उजागर भएको हामिले महशुस गरेका छौ । यसवाट कृषि, पर्यटन, पूर्वाधार र रोजगार ः समृद्ध फलेवास सुन्दरताको आधार भन्ने हाम्रो नारा पुर्ण हुँदैछ । समग्रमा समृद्ध फलेवास सुखी फलेवासी हुदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रि«य लक्ष्य पुरा हुनेछ ।
ट सभाध्यक्ष महोदय,
आगामी आर्थिक वर्षको वजेट तथा कार्यक्रम तय गर्दा मैले चालु वर्ष सम्म प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दै नागरिकका दैनिक आधारभूत आवश्यकता संवोधन गर्ने, नागरिकका सामाजिक तथा आर्थिक हीत संवद्र्धन गर्ने, समावेशी तथा समन्यायिक विकास अगाडी वढाउने तथा दीगो विकासलाई आत्मसाथ गर्ने प्रवन्ध मिलाएको छु । हरित विकासको अवधारणालाई केन्द्रमा राखेर वजेट तथा कार्यक्रमका सवै अवयवहरु अगाडी वढेका छन् ।
ठ अव म गत आर्थिक वर्षको यथार्थ आय व्ययको समिक्षा प्रस्तुत गर्दछु ।
आम्दानी तर्फ ः
गत आर्थिक वर्ष २०७४÷७५ मा २०७५ अषाढ मसान्त सम्ममा यस नगरपालिकामा आम्दानी रु.४५ करोड ५६ लाख ८८ हजार तीन सय एकचालिस भएको छ । जस अन्तर्गत आ.व. २०७३÷०७४ को अ.ल्या. रु.६५ लाख ७१ हजार आठ सय तेत्तिस, आन्तरिक श्रोत रु.४० लाख ४४ हजार पच्पन्न, वित्तिय समानिकरण १६ करोड ५० लाख ५४ हजार, शर्सत चालु रु.२१ करोड ९ लाख ३८ हजार, सामाजिक सुरक्षा तर्फ ६ करोड ३१ लाख ४५ हजार, अन्य विविध शिर्षक पर्यटन, एल.जि.सि.डि.पि., गरिवसंग विश्वेश्वर, सडक वोर्ड आदिवाट ५९ लाख ५३ हजार चार सय त्रिपन्न गरी कुल ४५ करोड ५६ लाख ८८ हजार तीन सय एकचालिस आय भएको थियो ।
व्यय तर्फ ः
यस नगर कार्यपालिकाको २०७५ असार मसान्त सम्मको वित्तिय समानीकरण रु.१५ करोड ६९ लाख ७१ हजार उन्सत्तरी हजार, सर्शत चालु रु.२१ करोड ९ लाख ३८ हजार, सामाजिक सुरक्षा रु.६ करोड ३१ लाख ४५ हजार, गरिवसंग विश्वेश्वर, सडक वोर्ड, एल.जि.सि.डि.पि. कार्यक्रम, धरौटी समेत गरी रु.४३ लाख ४० हजार एक सय पच्चिस रुपैया गरी रु.४३ करोड ५३ लाख ९४ हजार एक सय चौरानव्वे खर्च भएको छ । रु.१ लाख ५६ हजार संघीय सरकार (नेपाल सरकार) मा फिर्ता गरिएको छ भने पर्यटन वोर्ड, सडक वोर्ड, कन्टिजेन्सी, धरौटी रकम र आन्तरिक आम्दानी गरी रु.२ करोड १ लाख ३८ हजार एक सय सड्चालिस चालु आ.व.को लागि जिम्मेवारी सारिएको छ ।
लेखापरीक्षण प्रतिवेदन ः
नगरपालिकाको गत आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक श्रेस्था कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतवाट आन्तरिक लेखा परिक्षण र महालेखा परिक्षणको कार्यालयवाट अन्तिम लेखा परिक्षण भई प्रतिवेदन प्राप्त भएको छ । केहि पेश्की वेरुजु देखिएकोमा योजना फरफारक गर्दा चालु आर्थिक वर्षमा धेरै जसो पेश्की फर्छयौट भई सकेको छ । वांकी रहेको पेश्की तत्कालै फर्छौट हुने क्रममा रहेको छ । म.ले.प. वाट प्रारम्भिक रुपमा औल्याईएका वेरुजुको प्रतिक्रिया समेत समयमा नै पठाई सकिएको छ । वाँकी रहेको वेरुजु फर्छौटका लागि आवश्यक प्रक्रिया अगाडी वढाईएको छ ।
सभाध्यक्ष महोदय,
अव म चालु आ.व. २०७५।०७६ को शंसोधित कार्यक्रम तथा वजेट प्रस्तुत गर्दछु ।
क) आम्दानी तर्फ
शिर्षक अनुमानित वजेट शंसोधित वजेट
वित्तिय समानिकरण तर्फ
(संघीय सरकार) ८ करोड ८३ लाख ८ करोड ८६ लाख
ससर्त चालु अनुदान (संघीय सरकार) २६ करोड ८७ लाख ५६ हजार २७ करोड ३७ लाख ३९ हजार दुई सय पचास
राजश्व वाँडफाँड (संघीय सरकार) ५ करोड ८७ लाख ८ हजार ५ करोड ८७ लाख ८ हजार
आन्तरिक राजश्वबाट १ करोड ४३ लाख ९३ हजार ८० लाख ७३ हजार
गत वर्षको मौज्दात १ करोड २ करोड
प्रदेश समानिकरण (गण्डकी प्रदेश सरकार) १ करोड १४ लाख ७३ हजार १ करोड १४ लाख ७३ हजार
राजश्व वाँडफाँड (गण्डकी प्रदेश सरकार) ३० लाख ८९ हजार
सामाजिक सुरक्षा रकम ५ करोड ३२ लाख ५ हजार ५ करोड ३२ लाख ५ हजार
एल.जि.सि.डि.पि. ३ लाख ५ हजार ३ लाख ५ हजार
प्रधानमन्त्री रोजगार कार्यक्रम २९ लाख १७ हजार पाँच सय
गरिवसंग विशेश्वर कार्यक्रम ३ लाख ९४ हजार
पर्यटन वोर्ड १५ लाख
सभाध्यक्ष महोदय,
अव म चालु आ.व.को २०७५ पौष मसान्तसम्मको मध्यावधी समिक्षा प्रस्तुत गर्दछु ।
चालु आ.व.को दोश्रो त्रैमासिक २०७५ पौष मसान्त सम्म संघीय सरकारवाट प्राप्त वित्तिय समानिकरण ३ करोड २५ लाख ७९ हजार चार सय पन्चानव्वे को (४० प्रतिशत), सर्शत चालु अनुदान ८ करोड ८९ हजार चार सय अठारको (३१ प्रतिशत), सामाजिक सुरक्षा २ करोड १२ लाख ८२ हजार को (३३प्रतिशत), गरिवसंग विशेश्वर कार्यक्रमको ४० प्रतिशत, एल.जि.सि.डि.पि. को ४५ प्रतिशत, पर्यटन वोर्डको ५० प्रतिशत, सडक वोर्डको ५५ प्रतिशत गरी चालु आ.व.को मध्यावधी सम्ममा ४१ प्रतिशत खर्च भई सकेको छ ।
आन्तरिक राजश्व १ करोड ४३ लाख उठ्ने लक्ष्य राखिएकोमा सो अवधीमा ४९ लाख २५ हजार आठ सय चार रुपैयां संकलन भै ३४ प्रतिशत राजश्व असुली भएको छ । जुन लक्ष्य भन्दा कम देखिएको भएता पनि राजश्व संकलन आर्थिक वर्षको अन्त्य सम्म हुने भएकोले लक्ष्य अनुसार हुने देखिन्छ ।
आगामी वर्षको वजेटका उद्देश्यहरु ः
ड नागरिकका आधारभूत आवश्यकता परिपूर्ती गर्दै जीवनस्तर सुधार गर्ने । उद्यमशील तथा व्यावसायी नागरिकको सिर्जना गर्दै पूंजी निर्माण गरी नगरको आर्थिक वृद्धी गर्ने ।
ढ सुखी, खुसी तथा आफ्नो अधिकार प्रति सचेत र आफ्नो कर्तव्य प्रति जागरुक नागरिक तयार गर्ने ।
ज्ञण् विकासवाट प्राप्त लाभहरुको समन्यायिक वितरण मार्फत सामाजिक न्याय सुनिश्चिता भएको नगर निर्माण गर्ने ।
ज्ञज्ञ विकासका प्रत्येक चरणमा जनसहभागिता सुनिश्चित गर्ने ।
ज्ञद्द नागरिकलाई सुशासनको प्रत्याभूती दिने ।
सभाध्यक्ष महोदय,
ज्ञघ नेपाल पक्ष राष्ट्« भएर अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिवद्धता तथा अभिसन्धीहरु, दीगो विकास लक्ष्य, विकासशील मुलुकमा स्तरोन्नति हुने राष्ट्रिय लक्ष्य,नेपालको संविधानमा निर्दिष्ट मौलिक हक तथा नागरिक कर्तव्य, संविधानले विन्यास गरेको स्थानीय सरकारको अधिकार क्षेत्र, नेपालको पन्ध्रौ योजनाले तोकेका प्राथमिकताहरु,स्थानीय सरकार संचालन ऐन, २०७४ , आगामी आर्थिक वर्षका लागि संघीय सरकारको नीति तथा कार्यक्रम ,संघीय सरकारको कार्यक्रम तथा वजेट, प्रदेश सरकारको नीति तथा कार्यक्रम , प्रदेश सरकारको कार्यक्रम तथा वजेट, नेपाल सरकारले प्रकाशन गरेको वजेट तर्जुमा दिग्दर्शन लगायत स्थानीय नागरिकको माग, चाहना तथा आवश्यकता, विज्ञहरुको सुझाव, स्थानीय सरकारमा भएको साधन स्रोतको उपलब्धता तथा यस नगरकार्यपालिकाको आ.व. २०७६।०७७ को पारित नीति तथा कार्यक्रमलाई प्रमुख आधार मानी यो वजेट निर्माण गरेको छु ।
ज्ञद्ध फलेवास नगरपालिकाको सर्वाङ्गीण विकासका लागि विविध चुनौतिहरु रहेको पाइन्छ । फलेवास नगरपालिकाका विद्यमान चुनौतिहरु यस प्रकार प्रस्तुत गरेको छु ।
ड्ड भौगोलिक विषमता, जोखिमपूर्ण स्थानको वाहुल्यता
ड्ड जनसांख्यिक लाभको पूर्ण उपयोग
ड्ड वसाइँ सराइँ गरी जाने प्रवृत्तीमा वढोत्तरी
ड्ड नागरिक उत्तरदायित्व तथा जिम्मेवारी अभिवृद्धी
ड्ड नागरिकका वढ्दा चाहना तथा आकांक्षा
ड्ड सवै शासकीय साझेदारहरुको सामाजिक उत्तरदायित्व सिर्जना
ड्ड समग्र शासन प्रकृयामा सुशासन कायम गरी पूर्ण नागरिक सन्तुष्टि प्रदान
ज्ञछ प्रस्तुत चुनौतिहरुको वावजुत पनि निम्न सवल पक्षहरुको विद्यमानताले यी चुनौतिहरुको न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरेको छु ।
ड्ड भौगोलिक तथा सामाजिक विविधता
ड्ड नगरको सर्वाङ्गीण विकासमा नागरिकको चासो
ड्ड योजनावद्ध तथा दीगो विकासको आधारशीला तथा मार्गचित्र तयार
ड्ड राजनैतिक सहमतिजन्य संस्कारको विकास
ड्ड वैदेशिक रोजगारवाट प्राप्त नविनतम ज्ञान, सीप, प्रविधि तथा प्रवृतिको समाज विकासमा उपयोग,
ड्ड सामाजिक ऐक्यवद्धता, भाइचारा एवं सद्भाव
ज्ञट प्रस्तुत गरिएका उद्धेश्यहरुको व्यवहारिक रुपान्तरणका लागि वजेटका निम्न प्राथमिकताहरु निर्धारण गरेको छु ः
ड्ड शिक्षा,स्वास्थ्य लगायत समग्र सामाजिक समावेशीकरण र लैंगिक समानता जस्ता क्षेत्रको पूर्वाधार विकास
ड्ड सडक, खानेपानी,सिंचाई जलविद्युत जस्ता प्रमुख पूर्वाधार क्षेत्रको विकास
ड्ड कृषि क्षेत्रको आधुनिकीकरण, विविधिकरण, यान्त्रिकरण र व्यावसायिकीकरण
ड्ड नागरिकका आधारभूत आवश्यकताको परिपूर्ति
ड्ड पर्यटन तथा साँस्कृतिक पूर्वाधारको विकास तथा प्राकृतिक स्रोतसाधनको महत्तम र दिगो उपयोग तथा वातावरण संरक्षण, उद्योगको विकास र विपद् व्वयस्थापनमा शिघ्र सम्वोधन,
ड्ड स्थानीय सरकारको शासन व्यवस्थापनमा सुशासनको प्रत्याभूति
ड्ड वजेट कार्यान्वयनको क्षमता अभिवृद्धी,
सभाध्यक्ष महोदय,
ज्ञठ अव म नगरका प्रस्तुत चुनौति, उद्धेश्य र प्राथमिकताको आधारमा रहेर कृषि, पर्यटन पूर्वाधार र रोजगार ः समृद्ध फलेवास सुन्दरताको आधार भन्ने नारालाई व्यवहारिक रुपान्तरण गर्न फलेवास नगरकार्यपालिकाको अर्थिक वर्ष २०७६÷०७७ को वजेट तथा कार्यक्रम प्रस्तुत गर्दछु ।
भौतिक पूर्वाधार विकास
ज्ञड नगरको रणनैतिक महत्व भएका कार्किनेटा, शंकरपोखरी, जैमुनीघाट सडक, लमाय खोला–लिमिठाना–पोखराधारा सलिनधारा वेतेहानी थापाठाना सडक र देविस्थान–खानीगाउँ चितिपानी–शंकरपोखरी डाँडा–मेलपोखरी हटिया सडकको स्तर वृद्धिकालागि लागि रु.२० लाख विनियोजन गरेको छु । यी सडकहरुमा वाह्रै महिना सवारी आवागमन हुने वातावरणको सिर्जना गर्ने व्यवस्था मिलाएको छु । यसवाट नगरको केन्द्रमा मात्र नभएर छिमेकी पालिकाहरुमा समेत सडकको सहज पहुँच हुनेछ ।
ज्ञढ वाहिरी चक्रपथ निर्माण तथा स्तरवृद्धी कार्यक्रम अन्तरगत कार्किनेटा भुजेल स्वांरा, पत्यार देखि नुवार रुग्दी हुंदै मुढिकुवा सडक प्रदेश सरकारसँगको साझेदारीमा गरिने छ । यस योजनाको लागि रु १ करोडको व्यवस्था गरेको छु । नगरको पूर्वी छेउमा पर्ने वस्तीवाट नग रकेन्द्रमा नागरिकको सहज आवागमनमा यो सडक कोशेढुङा हुनेछ ।
द्दण् दोविल्ला फलेवास सडक, चन्खोला, भवानी विद्यापीठ, पिप्ले, लमाय, छाम्मी, अर्चले, भगाँरा, वयाले सडक, पोखराचौर, चाउकापोखरी, रुग्दी सडक, तातोपानी, चुरी, खल्डाडा, विरौटा, सराङदी, लमाय खोला सडक, देविस्थान उर्लावारी, गोतामेथर, कुमालगाँउ हुँदै चन्दनी प्रा.वि. सम्मको सडक र खल्डाँडा अर्माना सडक स्तरोन्नतिको कार्य प्रदेश सरकारसँगको साझेदारीमा गरिने छ ।
द्दज्ञ वाहिरी चक्रपथ अन्तरगत वाच्छा खोला तिनकुले पाङराङ वार्ड कार्यालय सडक, सिरकाङ सात्ले कुर्घा डाँडा सडक, घन्तरी सलिन्धारा सडक, च्यानडाँडा पत्यान वाहुनीमारा वयाले सडकको लागि रु ४५ लाख विनियोजन गरेको छु ।
द्दद्द केन्द्र चक्रपथ मर्मत संभार र लिङ्करोड निर्माणका लागि मुडिकुवा, झकलक, खौला, चन्दनी ढिक, राहाले , मुडिकुवा सडक, मुढेखोला भनपोखरा पिप्ले दलित वस्ती लिंक रोड निर्माण र सिरसुवा झोलुङ्गे पुल देखि माटेदेवल मा.वि. सम्म मोटरवाटो (लिंकरोड) स्तरोन्नतीका लागि रु ४० लाख छुट्टाएको छु ।
द्दघ लिमिठाना, अर्चले, सिरुवारी थापाठाना कार्किनेटा सडक स्तर वृद्धि र लिमिठाना, ठुलास्वारा कुर्घा डांडा सात्ले पाङ्गराङ वाच्छा खोला सडक स्तरवृद्धीका लागि रु २० लाख विनियोजन गरेको छु ।
द्दद्ध निर्माणाधिन लिङ्करोडको विस्तार र सुधार कार्यक्रम अन्तरगत सिरकाङ (शिवचोक) पाङराङ वडा कार्यालय, मल्यांदी खोला वगुवा लामिछानेथर सिसाठाँटी फेदी सडक, सिरकाङ, पाङराङ, सुलिकोट, भोगसिङ्ग सडक, कुर्घा डांडुंगे ठुला स्वारा डांडा सडक, छविसे संहेला छाम्मी सडक, मल्यांदी खोला नुवार चुचुनदेउराली सडक, वगाले माझकटेरा खुम सडक, खानीगाउँ झकलक थुमि फुलवारी टेकुलवास मंगलीपुर हुंदै चुरी रुग्दी सडक स्तर उन्नतीका लागि रु ५० लाख विनियोजन गरेको छु ।
द्दछ नगर भित्रका मोटर वाटोलाई सदावहार सवारी आवागमनमा सहजताका लागि आकास्मिक सरसफाई तथा मर्मत सम्भारको लागि रु.२० लाख छुट्टाएको छु ।
द्दट नगरका अन्य वस्ती तथा वडा जोड्ने वडा स्तरीय सडकहरुकोलागि एकमुष्ठ रु ५५ लाख विनियोजन गरेको छु ।
द्दठ नगर कार्यपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को पारित नीति अनुसार नगरको कुनै पनि वस्तीवाट सडक संजालमा पुग्न ५ मीनेट भन्दा वढी समय नलाग्ने गरी सडक यातायातको विस्तार, गुणस्तर सुधार गर्न यथेष्ट रकमको व्यवस्था गरेको छु ।
द्दड नगर कार्यपालिकाको कार्यालय जग्गा व्यवस्थापन तथा नगरपालिकाको कार्यालयको प्रशासनिक भवन निर्माण डि.पि.आर.का लागि रु ५० लाख विनियोजन गरेको छु । ड्रयाप्ङ्गि साईडको नक्साङ्कनका लागि रु १ लाख विनियोजन गरेको छु । एकिकृत वस्ती विकास एवं शहरी विकास कार्यक्रमका लागि रु १० लाख छुट्टाएको छु ।
द्दढ वडा स्तरवाट हुने सेवा प्रवाहमा सरलीकरण गर्न, सेवा प्रवाहलाई चुस्त, दुरुस्त वनाई नागरिक सन्तुष्टि प्रदान गर्न सेवा प्रवाह हुने भवनको उपयुक्त भौतिक संरचनाको महत्वपूर्ण भूमिका रहन्छ । यस आर्थिक वर्षमा पाङराङ र थापाठानाको वार्ड कार्यालय निर्माणका लागि रु ६० लाख विनियोजन गरेको छु ।
घण् साझेदारीमा ओमशान्ति भवन, सामुदायिक भवन र सहकारी भवन निर्माणका लागि रु.१८ लाख विनियोजन गरेको छु ।
घज्ञ समन्वय , सहकार्य , साझेदारी तथा सहलगानीमा नगरको विकास गर्ने नीति अनुरुप सडक वोर्ड तथा अन्य योजनामा साझेदारीका लागि रु ५० लाख छुट्टाएको छु ।
घद्द . नगरमा रहेका काठका पोललाई फलामे पोलवाट विस्थापन गर्न एवं विद्युतका अन्य सामग्री व्यवस्थापन गरी विद्युतको सहज आपूर्तिका लागि रु १० लाख विनियोजन गरी निरन्तरता दिएको छु ।
घघ नगरमा स्वच्छ एवं गुणस्तरीय खानेपानीको सहज आपूर्तिका लागि एक घर एक धारा कार्यक्रम संचालन गर्न लिफ्ट तथा पाइपलाइन मार्फत आयोजना कार्यान्वयन गरिनेछ । यसका लागि रु ३० लाख छुट्टाएको छु ।
घद्ध खानिगाँउ खानेपानी आयोजना, शंकरपोखरी वृहत लिफिटङ खानेपानी आयोजना, ठानामौला खानेपानी आयोजना जस्ता वृहत प्रकृतिका खानेपानी आयोजनाहरु प्रदेश सरकार सँगको सहकार्य र साझेदारीमा संचालन गरिने छ ।
घछ नगरक्षेत्रमा रहेको कृषियोग्य भूमीमा सिंचाइ सुविधा उपलब्ध गराउन रु ३० लाख विनियोजन गरेको छु । यसवाट कृषिको उत्पादन र उत्पादकत्वमा वृद्धी भई फलेवास नगर कृषि उत्पादनमा आत्म निर्भर हुनेछ ।
घट नगरपालिकाको समग्र अवस्थाको मार्गचित्र तय गरेको गुरुयोजनाको अन्तिम स्वरुपमा विकास गर्नका लागि रु.१० लाख विनियोजन गरेको छु ।
घठ भूमि विहीनसँग नगर कार्यक्रमको संचालन गरिनेछ । भूमि विहिन आवास कार्यक्रम अन्तरगत तीन पुस्तादेखि भुमि विहीन रहेका घर परिवारलाई आवास निर्माणमा सहयोग गरी आवास व्यवस्थापन गर्न रु.३६ लाख छुट्टाएको छु । यसवाट स्थानीय सरकारले संविधान प्रदत्त आवासको हकलाई कार्यान्वयन गर्नेछ ।
घड नगरको पूर्वाधार विकासमा साझेदार निकाय तथा संस्थाहरुको खोजी गरिनेछ । संघ सरकार र प्रदेश सरकार सँग परियोजनागत साझेदारीका लागि समपुरक कोषमा आवश्यक रकम विनियोजन गरेको छु ।
घढ खोला वारपार गरी आगावमनलाई सहज वनाउन झोलुङ्गे पुल निर्माणका लागि आवश्यक रकम विनियोजन गरेको छु । प्रदेश सरकार र संघ सरकारको साझेदारीमा अग्ला, मझौला तथा साना झोलुङ्गे पुलहरुको निर्माण गरिनेछ । इन्द्रको डिल खानिगाँउ ६ देखि जैमुनि नगर पालिका जोड्ने अग्लो झालुङ्गे पुल, खाल्टे टेलिमेडिसिन देखि पुरानालिमि सम्म अग्लो अग्लो झालुङ्गे पुल र खौला देखि लिमिठाना सम्मको झोलुङ्गे पुलको निर्माण कार्य प्रदेश सरकार र संघ सरकारको साझेदारीमा अगाडी वढाईने छ ।
द्धण् नगरपालिकाको सडक निर्माण गर्न नगरको एक्साभेटरलाई सहजीकरण गर्न इन्धन लगायतका सामग्री ढुवानी गर्न, कृषि नर्सरीको विरुवाहरु ढुवानी गर्न तथा आकस्मिक अन्य ढुवानी सेवा प्रदान गर्न र कार्यरत कर्मचारीलाई आवासवाट कार्यालय सम्म आवत जावत गर्न एक गाडी खरिद गर्नका लागि रु २७ लाख विनियोजन गरेको छु ।
क्लिन फलेवास ग्रिन फलेवास
द्धज्ञ फलेवास नगरपालिका लाई मानव तथा सवै जीवहरुको लागि वस्न योग्य स्थान वनाउन क्लिन फलेवास ग्रिन फलेवास कार्यक्रमलाई अभियानको रुपमा संचालन गरिने छ । यसको सवल र सफल कार्यानवनका लागि ग्रीन हाउस, क्लिन हाउस कार्यक्रमका लागि रु १८ लाख रुपैया क्लिन टोल ग्रिन टोलका लािग रु २२ लाख, क्लिन विद्यालय ग्रिन विद्यालयका लागि १३ लाख, क्लिन रोड ः ग्रिन रोडका लागि रु ५ लाख , क्लिन वार्ड ग्रिन वार्डका लागि रु २२ लाख र क्लिन फलेवास ग्रिन फलेवासका लागि रु ४० लाख गरी समग्र अभियानका लागि रु १ करोड २० लाख रुपैंया विनियोजन गरेको छु । यो कार्यक्रमको सफल कार्यान्वयनवाट नगरका प्रत्येक घर, टोल र व्यक्ति सँग नगर कार्यपालिकाको संवन्ध स्थापित हुनुका साथै हरित विकासको अवधारणाको सफल कार्यान्वयन हुनेछ ।
द्धद्द उच्च शिक्षामा साझेदारी कार्यक्रम अन्तरगत पर्वत वहुमुखी क्याम्पस, अन्नपूर्ण वहुमुखी क्याम्पस, कार्कीनेटा तथा शंकरपोखरी वहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धीका लागि रु १६ लाख विनियोजन गरेको छु ।
द्धघ गुणस्तरीय शिक्षा प्रवद्र्धनका विविध क्रियाकलापहरुको शुरुवात गरिएको छ । कक्षा २ मा अंग्रजी माध्यमवाट पठनपाठनको शुरुवात गरिएको छ । यसको सवलिकरण र आगामी आर्थिक वर्ष देखि कक्षा ३ मा अंग्रजी माध्यमवाट पठनपाठनको शुरुवात गर्न शिक्षकलाई पुनर्ताजगी तालिम, पाठ्यक्रम र पाठ्यपुस्तक व्यवस्थापनका लागि आवश्यक रकम छुट्टाएको छु । विद्यालयहरुमा सोलार, कम्प्युटर, इन्टरनेटको व्यवस्था गरी शिक्षा व्यवस्थापनलाई प्रविधिमैत्री वनाइनेछ । माटेदेवल मा.वि. प्रदान गरिदै आएको प्राविधिक शिक्षाको छात्रवृत्तीलाई निरन्तरता दिएको छु । भवानी विद्यापीठमा विज्ञान विषयमा अध्ययन गर्ने विद्यार्थीको लागि छात्रवृतिको व्यवस्था गरेको छु । नगर कार्यपालिकाको स्विकृतीमा शुरुवात भएको लिमिठाना मा.वि.को ११ को व्यवस्थापन र १२ को कक्षा संचालनमा सहयोग पु¥याईने छ ।
द्धद्ध विद्यार्थीहरुलाई विद्यालयमा निरन्तरता र गुणस्तरीयताका लागि सामुदायिक विद्यालयमा अध्ययनरत वालवालिकाहरुका लागि खाजा व्यावस्थपन गर्ने खाजा वाकसको लागि रकम विनियोजन गरेको छु । सुत्केरी विदामा वसेका महिला शिक्षकको सट्टा शिक्षकका लागि अनुदान दिने व्यवस्था मिलाएको छु । फलेवासको शान हरेक महिना विद्यार्थी प्रतिभा पहिचान र प्रोत्साहन कार्यक्रम कार्यान्वयन गरिनेछ । अगुवा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा इन्जिनियरिङ कक्षा सञ्चालनमा साझेदारी कार्यक्रम अगाडी सारेको छु ।
द्धछ गुणस्तरीय शिक्षामा विद्यार्थीको सहज पहुँचका लागि स्कूल वसका लागि अनुदानको व्यवस्था गरेको छु । स्थानीय पाठ्यक्रम निर्माण गर्ने, विद्यालयमा सोलार, कम्प्युटर, प्रोजेक्टर र इन्टरनेटको व्यवस्थापन गरी प्रविधि मैत्री शिक्षण सिकाई कार्यक्रम संचालनको व्यवस्था गरेको छु । विद्यालयमा खेलकुद सामग्री सहयोग, शिक्षा क्षेत्रमा कार्यक्रम संचालन गर्ने सामाजिक संघसंस्थासंग साझेदारीका लागि प्रयाप्त रकम विनियोजन गरेको छु । समग्र शिक्षा क्षेत्रको गुणस्तर सुधार तथा शिक्षामा सवैको पहुँच तथा निरन्तरता अभिवृद्धीका लागि रु १ करोड २९ लाख विनियोजन गरेको छु ।
द्धट सवै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुंच स्थापनाका लागि नगरमा थप वर्थिंग सेन्टर स्थापना ,महिला स्वास्थ्य स्वंय सेविका प्रोत्साहन,औषधी व्यवस्थापन, ल्याब सेवा विस्तार र निरन्तरता, महिला स्वास्थ्य स्वंय सेविकाको सम्मानजनक विदाई, जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा, प्रेषण गर्नु पर्ने सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा, विपन्न वर्गका विरामीको साथमा नगर प्रमुख कार्यक्रम र स्वास्थ्य विशेषज्ञ सेवा संचालन गर्न जम्मा रु ४२ लाख वजेट विनियोजन गरेको छु ।
द्धठ आगामि आ.व.मा अन्तरपालिका स्तरीय मेयरकप फुटवल प्रतियोगिता सञ्चालन गरिनेछ । नगर क्षेत्रमा खेलकुद मैदानको निर्माण तथा सुधार गर्न मुडिकुवाको खेलकुद मैदान र देविस्थानको माझीचौर खेलकुद मैदानको निर्माण गर्ने कार्यक्रम ल्याएको छु । यसका लागि रु २८ लाख विनियोजन गरेको छु ।
द्धड एक वाड एक खेलकुद प्रशिक्षक तयारी, खेलाडीहरुको प्रोत्साहन र नगर क्षेत्रमा सक्रिय युवा क्लव तथा विद्यालयहरुमा खेलकुद सामाग्री व्यवस्थापन सहित युवासंग मेयर कार्यक्रममा सहयोग गरिने छ ।
द्धढ नगरमा स्थापित रहेका संस्कृतिहरुको संवद्र्धन र विकासका लागि कोतहरुको संरक्षण, ऐतिहांसिक मन्दिरको सम्वद्र्धन, पुजा व्यवस्थापन, भाषा तथा भेषभुषा संरक्षण, लोक संस्कृतीहरुको सम्वद्र्धन तथा सामाग्री व्यवस्थापन, तिज गित, लोकगित, रत्यौली, सालैजो, रोधी, भजन किर्तन, लाखेनाच, देवीलिला आदि संरक्षण र सम्वद्र्धन, नौमती वाजा, खैजरी मुजुरा आदि संरक्षण, सम्वद्र्धन र सामग्री सहयोगका लागि आवश्यक रकमकोे व्यवस्था गरेको छु ।
लैगिंक समानता तथा सामाजिक समावेशीकरणः
छण् एक वडा एक उद्योग स्थापना र महिला शसक्तिकरण तथा क्षमता विकासका लागि आवश्यक वजेटको व्यवस्था गरेको छु ।
छज्ञ लैगिंक हिंसा न्यूनीकरण नगरवासीको प्रण कार्यक्रम कार्यान्वन गरिनेछ । महिला सँग उपप्रमुख कार्यक्रम संचालन गरिनेछ । नगरमा वालवालिकाको हक अधिकारको सुनिश्चितताका लागि विविध कार्यक्रम संचालन गरिने छ । जेष्ठ नागरिकको ज्ञान , सीपलाई नगर विकासमा समाहित गर्ने कार्यक्रम ल्याइएको छ । महिला वालवालिका तथा जेष्ठ नागरिकको कार्यक्रम कार्यान्वयनका लागि रु २६ लाख को व्यवस्था गरेको छु ।
छद्द नगरपालिका क्षेत्रमा कार्यक्रम संचालन गर्ने गैससहरुका कार्यक्रम प्रभावकारी र नगरको लक्ष्य, नीति तथा कार्यक्रममा केन्द्रित भै संचालन गर्ने वातावरण सृजना गरिने छ । नगर भित्र संचालन हुने कार्यक्रमहरु नगर विकास योजनालाई कार्यान्वयन गर्ने कार्यक्रममा नगरको समन्वयमा संचालन गरिने छ । सो को लागि यस नगरमा गैसस मार्फत वजेट रु.१ करोड ८० लाख प्रस्ताव गरेको छु ।
छघ गैरसरकारी संस्था मार्फत सामाजिक परिचालन कार्यक्रमका लागि रु २ लाख ५० हजारको व्यवस्था गरेको छु ।
आर्थिक विकास
कृषि
छद्ध एक वडा एक कृषि फर्म कार्यक्रमलाई निरन्तरता दिएको छु । साझेदारीमा एक वडा एक कृषि फार्म निर्माणको लागि रु २० लाख विनियोजन गरेको छु । विरुवा हाम्रो फल तपाईको कार्यक्रम अन्तरगत मागमा आधारित भएर फलफुलका विरुवा वितरण गर्ने कार्यक्रम रहेको छ । यसका लागि रु ६ लाख विनियोजन गरेको छु । टनेल हाम्रो उत्पादन तपाँइको कार्यक्रमको लागि रु ११ लाखको व्यवस्था गरेको छु । कफी वगैचा कार्यक्रम, कृषि वजार व्यवस्थापन, व्यवशायीक अकवरे खुर्सानी खेती, समुहमा एक टोल एक हलो वितरण (५० प्रतिशत अनुदानमा) र फलफूल नर्सरी स्थापनाका लागि रु ३५ लाख छुट्टएको छु ।
छछ समग्र कृषि विकास कार्यक्रमका लागि रु.९० लाख विनियोजन गरेको छु ।
पशु सेवा
छट साझेदारीमा एक वडा एक पशु फार्म स्थापना कार्यक्रम संचालन गरिनेछ । यसवाट व्यावसायिक पशुपालनमा टेवा पुग्नेछ । यसको लागि रु १० लाखको वन्दोवस्त गरेको छु । नगरका ११ वटा समुहका ५५ घरमा ५÷५ माउ वाख्रा पालन कार्यक्रम संचालन गर्न रु २६ लाख विनियोजन गरेको छु । स्थानीय जातका कुखुराको संरक्षण तथा व्यावसायिक उत्पादन गरी माग लाई पूर्ति गर्न रु ६ लाख विनियोजन गरेको छु ।
छठ पशु स्वास्थ्य तथा प्रयोग सेवा, वृहत पशु स्वास्थ्य तथा वांझोपन सिविर, पशु स्वास्थ्य सिविर तथा खोप सहकार्य कार्यक्रम, नगर स्तरीय तालिम, स्थलगत पशु वीमा तालिम, मागमा आधारित साझेदारी कार्यक्रम, दुध ढुवानीमा अनुदान, कृतिम गर्वाधान कार्यक्रम, डालेघाँस तथा भूईघाँस नर्सरी जस्ता कार्यक्रमहरु संचालन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
छड समग्र पशु विकास सेवाको लागि ७९ लाख रुपैयाको व्यवस्था मिलाएको छु ।
उद्योग तथा वाणिज्यः
छढ दलितहरुको परंपरागत पेशा व्यावसायको आधुनिकिकरण गरी उनीहरुलाई व्यावसायिक वनाउन एक वडा एक घरेलु औजार उद्योग स्थापना गर्न रु २० लाख विनियोजन गरेको छु । गत वर्ष नै सिर्जना गरीएका १२५ उद्यमीहरुका लागि प्रविधि हस्तान्तरण गरी उनीहरुको व्यावसायलाई सुदृढीकरण गर्न रु ५ लाखको व्यवस्था गरेको छु ।
टण् नगरभित्र स्थापना भई संचालनमा रहेका विविध प्रकृतिका व्यावसायहरुको नियमन तथा व्यवस्थापनका लागि आवश्यक व्यवस्था गरेको छु ।
सहकारी विकासः
टज्ञ सहकारी दर्ता, नियमन, तथ्यांक संकलन र कम्प्युटरमा इन्ट्री, ऋयउयmष्क मा अध्यावधिक, अनुगमन र व्यवस्थापन गर्न आवश्यक रकम विनियोजन गरेको छु । श्रमिक सहकारी गठन, व्यवस्थापन तथा संस्थागत विकास कार्यक्रम संचालन गरिनेछ । नगरका सहकारीको व्यवस्थापनका लागि रु ६ लाख विनियोजन गरेको छु ।
पर्यटन विकासः
टद्द डहरे तथा जलजला क्षेत्रमा ओपन जू को रुपमा विकास गर्नको लागि भौतिक संरचना निर्माणका लागि रु १८ लाख विनियोजन गरेको छु ।
टघ नेपालका लोकतान्त्रिक योद्धाहरुको स्मरणका लागि निर्माण गर्न लागिएको मनमोहन शान्ति वाटिकाको पूर्वाधार निर्माणको लागि रु २० लाख विनियोजन गरेको छु । थापाठाना होम स्टेमा पूर्वाधार निर्माण, सातमुले क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास, आवश्यक स्थानमा पदमार्ग निर्माण, ऐतिहांसिक कोत तथा मन्दिर संरक्षण, सम्वद्र्धन, प्रचार प्रसार, पुजा व्यवस्थापन सहयोग, चण्डेश्वरी मन्दिर थापाठानाको विकास तथा प्रचार प्रसार, अन्य पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन, प्रचार प्रसार, पूर्वाधार निर्माणमा आवश्यक रकम विनियोजन गरेको छु । फलेवास नगरपालिकाको आगामी आर्थिक वर्षमा पर्यटन प्रवद्र्धनको लागि रु ६० लाख विनियोजन गरेको छु ।
वातावरण तथा विपद् व्यवस्थापनः
टद्ध सडकको दीगो संरक्षणका लागि सडक वरपर अम्रिसो, डालेघाँस प्रवद्र्धन गर्न रु २ लाख विनियोजन गरेको छु । एक वडा एक पोखरी निर्माण अभियान संचालन, एक वडा एक वर पिपल सहितको चौतारी संरक्षण (वडा स्तरीय), सामुदायिक वनमा फलफुल रोपण एवं संरक्षण, नदि कटान तथा जल उत्पन्न प्रकोप व्यवस्थापन, भू क्षय तथा पहिरो नियन्त्रण, खानेपानीका मुलहरुको संरक्षण का लागि रु ३० लाख रकम विनियोजन गरेको छु । विपत व्यवस्थापन कोष व्यवस्थापनका लागि रु २० लाख विनियोजन गरेको छु ।
टछ समग्रमा वातावरण तथा विपद् व्यवस्थापनका कार्यक्रमहरु संचालन गर्न रु ५० लाख विनियोजन गरेको छु ।
संस्थागत विकास तथा शुसासन
टट वडा भवन व्यवस्थापन र फर्निचरका लागि रु.१० लाख विनियोजन गरेको छु । इन्टरनेटको सञ्जालीकरण तथा क्षमता विकास तालिम, टोल विकास संस्था परिचालन तथा व्यवस्थापन, सेवा प्रवाह सवलीकरण तथा शुसासन सवलीकरण कार्यक्रम, सामाजिक परिचालनको लागि आवश्यक रकमको व्यवस्था गरेको छु । न्यायीक समिति व्यवस्थापन, मेलमिलाप कक्ष व्यवस्थापनका लागि रु.१२ लाखको व्यवस्था गरेको छु ।
टठ स्थानीय संचार माध्यमको भौतिक सुधार, नगरको उपलव्धी प्रचार प्रसार, संचार माध्यमको सवलीकरण र विज्ञापन, रेडियो कार्यक्रम प्रशारण, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, लैङ्गिक परिक्षण जस्ता कार्यक्रमहरु संचालन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
टड समग्र संस्थागत विकास ,सेवा प्रवाह प्रभावकारीता, सुशासन प्रवद्र्धनका लागि रु १ करोड १९ लाखको प्रवन्ध मिलाएको छु ।
राजस्वः
ड्ड नगरपालिकालाई क्रमशः आत्मनिर्भर बनाउन करको दायरालाई फराकिलो गरिएको छ । गरिव मैत्रीकरको शुरुवात गरिएको छ । अपाङ्गता भएका व्यक्ति तथा अति गरिव र सीमान्तकृत नागरिकका लागि कर छुटको व्यवस्था गरेको छु ।
ड्ड करप्रणालीलाई व्यवस्थित बनाउन टोल टोलमा करदाता शिक्षा कार्यmक्रम र अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
ड्ड राजस्व चुहावट नियन्त्रणका राजस्वलाई वैंकिंग प्रणाली र सफ्टवेयर मार्फत व्यवस्थित गरिनेछ ।
ड्ड नगरपालिकाको राजस्वमा विभिन्न शिर्षकहरुवाट १ करोड ५० लाख उठ्ने अनुमान गरेको छु ।
सभाध्यक्ष महोदय,
टढ प्रस्तुत गरिएका कार्यक्रमहरु कार्यान्वयन गर्न निम्नानुसारको वित्तिय ब्यवस्था गरेको छु ।
क्र.स. आय शिर्षक वजेट रकम रु.
ज्ञ आन्तरिक आम्दानी ज्ञकरो८ छण् लाख
द्द संघीय सरकारवाट प्राप्त वित्तिय समानीकरण ज्ञण् करो८ ज्ञछ लाख
घ संघीय सरकारवाट प्राप्त सर्शत चालु अनुदान द्दड करो८ टद्ध लाख
द्ध संघीय सरकारवाट प्राप्त राजश्व वांडफाँड ठ करो८ ज्ञछ लाख
छ प्रदेश सरकारवाट प्राप्त वित्तिय समानीकरण ज्ञकरो८ द्दज्ञ लाख
ट प्रदेश सरकारवाट प्राप्त सर्शत चालु अनुदान घट लाख घट हजार
ठ प्रदेश सरकारवाट प्राप्त राजश्व वांडफाँड ज्ञ करो८
ड संघीय सरकारवाट सामाजिक सुरक्षा वापतको रकम ज्ञण् करो८
ढ स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (प्रदेश तथा स्थानीय सरकार क्षमता विकास कार्यक्रमवाट प्राप्त ट लाख
ज्ञण् गरिवसंग विशेश्वर कार्यक्रम मार्फत प्राप्त अनुदान छ लाख
ज्ञज्ञ प्रधानमन्त्री रोजगार कार्यक्रमवाट प्राप्त अनुदान ज्ञ करो८
ज्ञद्द संसद क्षेत्र विकास कोषवाट प्राप्त ज्ञकरो८
ज्ञघ झोलुङ्गे पुल निर्माण कार्यक्रम (सर्शत) ढछ लाख
ज्ञद्ध पर्यटन विकास वोर्डवाट प्राप्त द्धण् लाख
ज्ञछ सडक वोर्डवाट प्राप्त छण् लाख
ज्ञट अ.ल्या. ज्ञ करो८ टण् लाख
जम्मा टट करो८ छट लाख घट हजार
खर्च तर्फ ः
चालु एवं साधारण खर्च ः ४३ करोड ७९ लाख ६४ हजार
पुंजीगत एवं विकास खर्च ः २२ करोड ७६ लाख ७२ हजार
कुल वजेट ः टट करो८ छट लाख घट हजार
उल्लिखित खर्च मध्ये क्षेत्रगत रुपमा ः
ड्ड क्लिन फलेवास ग्रिन फलेवास अभियान ः१ करोड २० लाख
ड्ड सामाजिक विकास तर्फ ः२ करोड ४१ लाख ५० हजार
ड्ड पूर्वाधार विकास तर्फ ः ६ करोड २० लाख
ड्ड आर्थिक विकास तर्फः २ करोड ६० लाख,
ड्ड वातावरण तथा विपद् व्यवस्थापन तर्फः ५० लाख,
ड्ड संस्थागत विकास तर्फ ः १ करोड १९ लाख,
ड्ड सामान्य सेवा सञ्चालन , सामजिअन्य तर्फ ः ६ करोड १७ लाख ९५ हजार गरी कुल खर्च प्रस्ताव गरेको छु ।
सभाध्यक्ष महोदय,
२५. वजेट तथा कार्यक्रमको प्रभावकारी र दीगो कार्यान्वयन मार्फत भौतिक पूर्वाधारको विकासले वाहिरी चक्रपथमा वाह्रै महिना गाडी चल्न सक्ने गरी व्यवस्थापन भएको हुनेछ । विभिन्न साझेदार संगको सहकार्य तथा लगानी र नगरको आफ्नै लगानीले भित्री चक्रपथको सवल स्तरोन्नति तथ कालो पत्रे भएको हुनेछ ।केन्द्र चक्रपथको स्तरोन्नति तथा कालोपत्रेको काम दु्रत गतिमा भएको हुनेछ । नगरपालिका भरी सडक संजालको विस्तार हुनेछ । हाल निर्माणाधिन सडकहरुको स्तरोन्नतीले सुरक्षित तथा गुणस्तरीय सडकमा सवै नागरिकको पहुँच वृद्धि हुनेछ । गल्कोट , गाजाको दह, जैमुनिघाट, देविस्थान,शंकरपोखरी, कार्किनेटा सडक मध्य पहाडी राजमार्गको वैकल्पिक मार्गको रुपमा विकास हुनेछ । प्रदेश राजधानी लगायत अन्य प्रदेशहरु सँग समेत सडक संजालको विस्तारले यातायात सुविधा विस्तार मात्र हुने नभई नगरको अर्थिक , सामाजिक तथा साँस्कृतिक विकासमा अमुल्य योगदान गर्नेछ । हाम्रो लक्ष्यको ीबलम ीष्लपभम ऋष्तथ को रुपमा नगरको विकास गर्न सहयोग पुग्नेछ ।
२६. कालिगण्डकी जलाशय युक्त परियोजनाको निर्माणले समग्र नगरवासीको जीवनस्तरमा अकल्पनिय सुधारको शुरुवात गर्नेछ । भावी पुस्ताहरुको सपनालाई समेत साकार पार्न यो परियोजना सफल हुनेछ । गुणस्तरीय शिक्षामा सवैको पहुँच हुनेछ । वन, पर्यटन, उद्योग, जलविद्युत, कृषि तथा पशुपालनको व्यावसायिकरण तथा औद्योगिकीकरण मार्फत नगरमा नै स्वरोजगारी तथा रोजगारीको सिर्जना गरी स्वाधिन नगर स्थापना हुनेछ । युवाहरुको विदेश पलायनलाई निरुत्साहित गर्नेछ ।
अन्त्यमा,
नगरको प्रत्येक टोल तथा वस्तीहरुमा गएर सवै सरोकारवालाहरु सँग अन्तरक्रिया गरी नागरिकका वास्तविक आवश्यकताको पहिचान, संकलन, प्राथमिकीकरण गरि वजेट तथा कार्यक्रम अगाडी सारिएको छ । वजेट तथा कार्यक्रमले सवै वर्ग क्षेत्र, लिङ्ग, भुगोललाई समेटेको विश्वास लिएको छु । यस वजेटमा सवैको साथ,अपनत्व तथा ममत्व रहने छ । यसको सवल र सफल कार्यान्वयनवाट नगरको सर्वाङ्गीण विकास हुनेछ । यथार्थ धरातलमा उभिएर वजेट तथा कार्यक्रमको निर्माण गर्ने प्रयास गरिएको छ ।
यसको सफल कार्यान्वयनका लागि सवै सरोकारवालाहरुको साथ,समर्थन तथा सहयोगले सुखद् परिणाम ल्याउनेछ । तसर्थ यसको प्रभावकारी कार्यान्वयनका लागि सवै नगरवासी आमावुवा, दिदीवहिनी तथा दाजुभाई र अन्य सरोकारवालाहरुसँग फलेवास नगरकार्यपालिका सधै सकरात्मक पृष्ठपोषणको अपेक्षा गर्दछ ।
फलेवास र फलेवासीको जय होस् । धन्यवाद ।






