
पर्वत- लायन्स क्लव अफ गुप्तेश्वरको प्रथम अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै लायन्स क्लबका सिनीयर एड्भाईजर बसन्तकुमार कर्माचार्यले सामाजिक सेवामा निस्वार्थ भएर लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा रिजन चियर पर्सन सरस्वती भण्डारि, जोन चियर पर्शन अर्जुन चापागाईं नेकपाका नेता मेघनाथ सुवेदी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, लायन्स कुश्मासिटीका अध्यक्ष सरस्वती जिग्यासु, लायन्स शिवालयका अध्यक्ष मानकुमारी गिरी, लायन्स क्लव अफ भुमेकोटका अध्यक्ष नबराज भण्डारी लगायतले बोल्नुभएको थियो ।
लायन्स क्लव अफ गुप्तेश्वरका अध्यक्ष हरीओम शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष मुना शर्मा लामिछानेले गर्नुभएको थियो भने संचालन सचिव अर्जुन निर्जन पौडेलले गर्नुभएको थियो । अधिवेशनले मुना शर्मा लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
त्यस्तै प्रथम उपाध्यक्ष यम प्रसाद शर्मा, दृतिय उपाध्यक्ष कल्पना कुमारी शर्मा, तृतिय उपाध्यक्ष अर्जुन पौडेल निर्जन, र सचिब धन राज बि पौडेल, कोशाध्यक्ष माया गिरि मेम्बर शिप डाइरेक्टर मिना कुमारि शर्मा, एलसिआइफ को अर्डिनेटर नरेश छेत्री क्लब प्रशाशक कृष्ण मल्ल रहनुभएको छ ।