![](http://www.lokatantraonline.com/wp-content/uploads/2019/03/kotihos.jpg)
पर्वत– आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा संचालन गर्न थालिएको बिराट गुप्तेश्वर महायज्ञ तथा कोटीहोमको तयारी तीब्र पारिएको छ । कोटीहोमलाई सम्पन्न गर्नका लागि विभिन्न क्षेत्रमा सहयोग समितिहरु गठन गर्ने क्रम चलिरहेको छ । यसैबीच सोमवार बागलुङ नगरपालिकाको वडा नं. १३ पैंयुपाटा र वडा नं. १२ अमलाचौरमा समिति गठन गरिएको छ । समितिमा दुई वटा समितिमा दुईवटै वडाका वडाअध्यक्ष संयोजक बन्नुभएको छ । वडा नं. १२ अमलाचौरमा गठित उपसमितिको संयोजकमा वडा अध्यक्ष गुरुदत्त पाठक रहनुभएको छ भने सचिबमा भविदत्त पन्त रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा बुद्धिप्रसाद रिजाल, भविष्वर रेग्मी, परमानन्द पौडेल, छायादत्त शर्मा, देवेन्द्र्र ढकाल, खगेश्वरी परियार र घनश्याम विक रहनुभएको छ ।
त्यसैगरी वडा नं. १३ पैंयुपाटामा गठित समितिको संयोजकमा वडा अध्यक्ष नारायणप्रसाद शर्मा रहनुभएको छ । सचिबमा युगराज शर्मा र सदस्यहरुमा भवानीप्र्रसाद रिजाल, जगदिश्वर शर्मा, रुद्रप्रसाद शर्मा, पुर्णप्रकाश शर्मा, सुभाषचन्द पौडेल, ढाकाराम परियार, शंकर परियार, भिममाया गिरी, रेशमबहादुर खत्री र चन्द्र केसी रहनुभएको छ ।
भेलामा आयोजक समितिका मुल संयोजक पृथ्वीनारायण शर्मा, बरिष्ठ उपाध्यक्ष केदारनाथ शर्मा, उपाध्यक्ष मानकुमारी गिरी, चन्द्रबहादुर खत्री लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा जनप्रतिनिधिहरुले गुप्तेश्वर विराट महायज्ञ धौलागिरिकै गौरबको योजना भएकाले सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
विशेषगरी कुश्मामा विश्वकै अग्लो शिवपार्वतीको मुर्ति, शिश महल र धर्मशाला स्थापना गर्ने उद्धेश्यले महायज्ञ संचालन गर्न लागिएको हो । महायज्ञमा पर्वतमै जन्मिनुभएका विश्वविख्यात कथाबाचक युवा पण्डित इश्वरकृष्ण भुर्तेलले प्रचवन गर्नुहुने भएको छ ।