
पर्वत / तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चार पालिकाको नेतृत्वमा देखिएको बिबाद टुंगो लागेको छ ।
नेकपा गण्डकी प्रदेश कमिटीले कुस्मा, मोदी, पैंयु र बिहादी गाउँपालिकामा देखिएको बिबाद टुंगो लगाएको हो ।
गण्डकी प्रदेश कमिटीको मंगलबार साँझ सकिएको बैठकले मोदी गाउँपालिकाको अध्यक्षमा तेजबहादुर क्षेत्री, पैंयु गाउँपालिकाको अध्यक्षमा चोकलाल न्यौपाने, कुस्मा नगरपालिकाको सचिबमा ढाकाराम सुबेदी र बिहादी गाउँपालिकाको सचिबमा शेरबहादुर थापालाई टुंगो लगाएको हो ।
मोदी गाउँपालिकामा अध्यक्ष पदमा संयन्त्रले पुर्ब एमालेका तर्फबाट दाताराम चापागाईको नाम अनुमोदन गरेपनि अन्य आकाँक्षीले समेत दाबा गरेपछि बिबाद गण्डकी प्रदेश कमिटीमा पुगेको थियो । अध्यक्ष पदमा पुर्ब एमालेकै तेजबहादुर क्षेत्री, लोकेन्द्रजंग लामिछाने र बिमल लामिछानेले पनि दाबी गरेका थिए । सचिबमा पुर्ब माओबादीका तर्फबाट कृष्ण सुबेदी यस अघि नै चयन भएका थिए । पैंयु गाउँपालिकामा अध्यक्ष पदमा तत्कालिन एमालेका आँकाक्षीका बिचमा बिबाद भएपछि उमाकान्त सुबेदी, चोकलाल न्यौपाने, महेन्द्रकुमार श्रेष्ठ, जीवलाल बस्याल, गोमाताकुमारी शर्मा, झबिकला काफ्ले, गणेश बस्याल लगायतको दाबी रहेको थियो । सचिबमा पुर्ब माओबादीका तर्फबाट रेशम सापकोटा यस अघि नै चयन भएका थिए । यस्तै कुस्मा नगरपालिकाको सचिब पदमा पुर्ब एमालेका तर्फबाट मिनप्रसाद श्रेष्ठ, ढाकाराम सुबेदी, अर्जुन निर्जन पौडेल, गणेश पौडेल लगायतको दाबी रहेको थियो । कुस्माको अध्यक्षमा पुर्ब माओबादीका तर्फबाट शंकर गिरी यस अघि नै चयन भएका थिए । बिहादी गाउँपालिकामा सचिब पदमा पुर्ब एमालेको तर्फबाट शेरबहादुर थापालाई संयन्त्रले निर्णय गरेपनि ै अनिल मास्के लगायतको दाबी थियो भने अध्यक्ष पदमा यस अघि नै पुर्ब माओबादीका तर्फबाट सन्तबहादु गुरुङ्ग(सबिन) चयन भएका थिए ।
यसअघि नेकपा पर्वतले फलेबास नगरपालिका, महाशिला र जलजला गाउँपालिकामा एकता टुंगो लगाएको थियो । फलेबास नगरपालिकामा पुर्ब एमालेका तर्फबाट अध्यक्षा पिताम्बर शर्मा घिमिरे चयन भएका छन भने सचिबमा पुर्ब माओबादीका तर्फबाट शोभा क्षेत्री चयन भएकी छन भने महाशिला गाउँपालिकामा पुर्ब एमालेका तर्फबाट अध्यक्षमा बिष्णुराम बिक र पुर्ब माओबादीका तर्फबाट सचिबमा दुर्गा तमु चयन भएका थिए भने जलजला गाउँपालिकामा पुर्ब माओबादीका तर्फबाट अध्यक्षमा दिपक आचार्य र सचिबमा पुर्ब एमालेको तर्फबाट तुंगनाथ उपाध्यय चयन भएका थिए ।