पर्वतका एसईई परिक्षा केन्द्रमा अनुगमनकर्ताको भीड - News site from Nepal
पर्वतका एसईई परिक्षा केन्द्रमा अनुगमनकर्ताको भीड

पर्वत /यस बर्षको माध्यामिक शिक्षा परिक्षा(एसईई) परिक्षा आइतबार देखि शुरु भएको छ । पर्वतका १९ वटा परिक्षाकेन्द्रमा पहिलो दिनको परिक्षा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । तर पर्वतको सदरमुकाम कुस्माबजारमा रहेका परिक्षाकेन्द्रमा अनुगमनकर्ताको भीड लागेका कारण बिद्यार्थीले लेख्ने वातावरण नपाएको गुनासो गरेका छन ।
परिक्षाको पहिलो दिन बिभिन्न निकायबाट निरन्तर अनुगमन भएका कारण धेरै परिक्षार्थीले निर्भयपुर्वक परिक्षा दिने वातावरण नबनेको गुनासो गरे । जिल्ला परिक्षा समिति देखि स्थानिय तह सम्मका प्रतिनिधीले एउटा परिक्षाकेन्द्रमा २० पटक सम्म अनुगमन भएको पाइएको छ। कुस्माबजारमा शिबालय माबि, नारायण माबि र नमुना आवासिय माबिमा परिक्षाकेन्द्र सञ्चालित छन । सुरक्षा निकायका प्रमुख, मेयर देखि वडा अध्यक्ष सम्मका जनप्रतिनिधी परिक्षा हलमा पुगेका कारण शान्तपुर्ण रुपमा परिक्षा दिन नसकिएको गुनासो बिद्यार्थीको थियो ।
परिक्षा समन्वय समिति पर्वतले स्थानिय तहका शिक्षा हेर्ने इकाईका प्रतिनिधीलाई परिक्षालाई मर्यादित बनाउनका लागि अनुगमन गर्न सहयोग गरिदिन अनुरोध गरेको थियो । नगरपालिकाा प्रमुख र उपप्रमुख सम्म पनि सरकारका प्रमुख भएका कारण अनुगमनमा जाने र परिक्षा मर्यादित बनाउने दायित्व हुन्छ । वडा अध्यक्ष सम्म पनि अनुगमनमा गएका कारण कतिपय अबस्थामा अप्ठेरो हुन पुगेको एक केन्द्राध्यक्षले समेत बताए । ‘परिक्षामा अनुगमन गर्न आउँदा मर्यादित बनाउन सहयोग पुग्छ तर हुल नै बाँधेर परिक्षामा अनुगमन गर्दा वातावरण शान्त भन्दा पनि त्रासमा चल्ने अवस्था समेत आउँदो रहेछ । ’ ती केन्द्राध्यक्षले बताए । सुरक्षा निकायका प्रमुख समेत बर्दीमा परिक्षा हल भित्र पस्न पाइदैन । परिक्षा हलमा हुल बाँधर बिभिन्न निकायबाट अनुगमन गर्दा मार्यादित भन्दा कोहाहल पुर्व हुने कुरामा भने ध्यान दिनुपर्ने उनको सुझाब छ ।
पर्वतमा यस बर्षको एसईइ परिक्षामा १८ जना बिद्यार्थी परिक्षा दिन बञ्चित भएका छन् भने पहिलो दिनको परिक्षामा २४ जना परिक्षार्थी अनुपस्थित भएका छन ।
जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख उद्धिमराज पौडेलले परिक्षालाई मर्यादित बनाउन अनुगमन गर्नु जरुरी भएको तर भीड हुने गरि नगर्दा राम्रो हुने बताउँछन । ‘अनुगमन आवश्यक छ तर त्यसलाई ब्यबस्थित बनाउने पनि हामीले नै हो’ उनले भने ।
जिल्लामा यसवर्षको परिक्षामा पर्वतमा १९ वटा केन्द्र तोकिएको छ । पर्वतमा २ हजार ८ सय ७५ बिद्यार्थी परिक्षामा सहभागी भएका छन । छात्रको संख्या १ हजार ४ सय ८ र छात्राको संख्या १ हजार ४ सय ६७ रहेको छ । १९ केन्द्रमा १९ जना केन्द्राध्यक्ष, २० सहायक केन्द्राध्यक्ष, १४४ निरीक्षक, २८ जना सहायक कर्मचारी, ५८ जना सहयोगी र एउटा केन्द्र्रमा अधिकतम १५ जना प्रहरी खटिएका छन । होम सेण्टर कुनै पनि बिद्यालयमा छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!