युवायूवतीहरुलाई सिप विकास कुकिङ तालिम दिदै गण्डकी प्रदेश सरकार - News site from Nepal


माधब पराजुली,पोखरा
गण्डकी प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले ५० भन्दा बढी युवायूवतीहरुलाई तिन महिने सिप विकास कुकिङ तालिम दिने भएको छ । गण्डकी प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेका उद्योग,वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योगको कार्यालय कास्कीले तिन महिने कुकिङ तालिम आईतबार देखि कास्कीको पोखरामा शुरु गरेको हो ।

आईतवार देखि शुरु भएको तालिम जेठ ११ गते सम्म चल्ने छ । विषेश गरी वेरोजगार युवायूवतीहरुलाई स्वरोजगार हुने अवसर दिन र रोजगारीको लागि विदेश जाने युवालाई केही सहज बनाई स्वदेशमै व्यवसाय गर्न उत्प्रेरणा प्रदान गर्न तालिम संचालन गरिएको हो ।
तालिम उपलब्ध गराउदा उनीहरुले स्वरोजगारको अवसर पाउनेछन्,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले तालिम उद्धघाटन गर्दै भने” तालिम बाट यूवायूवतीहरुलाई ज्ञान,सिपको दक्षता अभिबृद्धिहुने भएपछि सरकारले उक्त योजना अघि बढाएको हो ।
प्रदेश सरकारले स्वदेशमै रोजगारीका अवसरहरुको खोजी गर्न बिभिन्न सिपमुलक तथा व्यवहारिक तालिम प्रदान गर्न लागेको बताउदै तालिमको समय अवधिलाई सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।
मन्त्री लम्सालले सिप सिकेर आफुले केही व्यपार,व्यवसाय गर्छु भन्नेहरु लाई सरकारले लोन दिएरै भएपनि व्यवसायीक बनाउदै आत्मनिर्भर बनाउने बताए ।
यहाँ उत्पादन भएका युवालाई आफ्नै प्रदेशमा रोगजारीको व्यवस्था वा व्यवसाय गरी जिविको पार्जन गर्ने वातावरण सिर्जना गर्न तालिम संचालन गर्न लागेको बताएको छ ।
मन्त्रालयले अन्य जनरल मेकानिक्स, विद्युत जडान, प्लम्बिङ्ग, केश श्रृंगार, कटाई सिलाई, इलेक्ट्रोनिक्स मर्मत, मोटरसाईकल मर्मत, अटोमेकानिक्स, कम्प्यूटर, बेतबांस, ढाका बुनाई, वेल्डिङ्ग, पम्पसेट मेकानिक्स, सिकर्मी, तालीमहरु समेत संचालन गर्ने योजना बनाएको उद्योग,वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख चक्रपाणी शर्माले बताए ।
तिन महिनाको कुकिङ तालिममा नेपाली,चाईनिज,ईन्डियन,जापनीज,फ्रान्सेली,ईटलियन लगाएतका देशका परिकारहरु र सर्भिस गर्ने तरिका लगाएतका बिषयबस्तुहरु सिकाईने प्रशिक्षक महेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!