चुवामा बन्यो गुप्तेश्वर बिराट धार्मिक मेलाको आयोजक वडा समिति - News site from Nepal
चुवामा बन्यो गुप्तेश्वर बिराट धार्मिक मेलाको आयोजक वडा समिति

पर्वत- श्रीमद्शिवपूराण सामूहिक तुलादान,गुप्तेश्वर विराट कोटीहोम महायज्ञ मेला २०७६ (जेष्ठ १ देखी ११ सम्म कुश्मामा) को कुश्मा नगरपालिका वडा नं ८ चूवाको तुलादान वडा समिति लालेश्वर शिवमन्दीरमा आम भेलामार्फत गठन गरीएको छ।
कुनपा ८ का वडा अद्यक्ष राजकुमार क्षत्रीको अद्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथिकोरूपमा कुश्मा नगरपालीकाका नगर प्रमुख रामचन्द्र जोशिले पर्वतलाईनै एक धार्मिक पर्यटकीय क्षत्र बनाउन सबै पर्वतबासी जुट्नुपर्ने बताउदै यस महायज्ञमा सबै सहभागी भएर यज्ञलाई सफल बनाउनु पर्ने बताउनुभयो।।
यस गुप्तेश्वर धार्मिक मेलाका मूल संयोजक पृथ्वीनारायण शर्माले महायज्ञको बारेमा प्रकाश पार्दै हामि पर्वत बासीको भाग्यरेखा कोर्ने र बिश्वका हिन्दु र बौद्दिस्ट धर्माबलम्बिहरूको साझा गन्तव्य पर्वतलाईवनाउने उद्यश्य रहेको र पार्वती जन्मभूमि पर्वतको पाङलाईसमेत उजागर गर्ने पर्वतका सम्पूर्ण धार्मिक स्थलको सामुहीक प्रचार गर्ने उद्यश्य रहेको बताउनुभयो।।
भेलामा ससै धार्मिक मेलाका बरिष्ठ उपाद्यक्ष तथा पर्वत उद्योग बाणिज्य संघका अद्यक्ष केदारनाथ शर्मा, उपाद्यक्ष चन्द्र बहादुर खत्री, उपाद्यक्ष बिपिन गुरूङ,कोषाध्यक्ष कमलनाथ पोख्रेल, बिशाल शिवपार्वती मुर्ती निर्माण १५१ संस्थापक व्यवस्थापन संयोजक डा. चूड़ामणि शर्मा ,सचिबद्वय :गोकुल चापागाई र एकनारायण चालीसे ,तुलादान सहसंयोजक कृस्णराज पौडेल ,लगायत समितिका महानुभावको उपस्थिति रहेको कार्यक्रमको सन्चालन महासचिव अच्युत तिवारीले गर्नुभएको थियो। 
भेलाले गोबिन्द प्रसाद पौडेलको संयोजकत्वमा सचिव लक्ष्मण पौडेल सहीत १३ सदस्यीय बडा समिति गठन सम्पन्न गरेको गरेको छ।। 
यस्तै २०७५/११/१३ गते कुनपा ३ दुर्लुङमा ११:३० मा १४ गते कुनपा ५ का यज्ञस्थल वरीपरीका भक्तसंग अनितरकृया रहेकोछ। १५ बिहान ११ बजे कुनपा १० कटुवाचौपारीमा गठन गर्न जाने कार्यक्रम रहेको सचिब गोकुल चापागाईले जानाकारी गराउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!