सरकारबाट बाहिरिँदै उपेन्द्र यादव, राजीनामा तयारी, समर्थन भोलि फिर्ता - News site from Nepal

काठमाडौं : उपेन्द्र यादव सरकारबाट बाहिरिने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेपछि उपप्रधान तथा कानुन मन्त्री यादवले मंगलबारै राजीनामा दिने तयारी गरेका छन्।
उपेन्द्र नेतृत्वको समाजवादी पार्टी स्रोतका अनुसार सरकारमा रहेका दुई मन्त्री उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिन लागेका हुन्।  समाजवादी पार्टी स्रोतका अनुसार दुवै मन्त्रीले मंगलबार पदबाट राजीनामा दिएपछि बुधबार बस्ने पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने भएको छ।
संविधान संशोधन नहुने अवस्थामा सरकार छाड्न पार्टीभित्रैबाट दबाबमा परेका यादव अन्तत: सरकार छाड्ने निर्णयमा पुगेका हुन्। मंगलबार पार्टी मुख्यालय बालकुमारीमा बसेको पदाधिकारी बैठकमा पुगेका यादवले बुधबार महत्वपूर्ण निर्णय हुने बताएका थिए। बुधबार ११ बजे अध्यक्ष यादवले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्।
पदाधिकारी बैठकलगत्तै २ बजे पार्टी संसदीय दलको कार्यालयमा यादवले पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!